ad ad

कारोबार


राष्ट्रिय वाणिज्य बैंकका ७१ जना बैंक कर्मचारीले गरे रक्तदान

राष्ट्रिय वाणिज्य बैंकका ७१ जना बैंक कर्मचारीले गरे रक्तदान

नेपालखबर
साउन ७, २०८० आइतबार १९:१५, काठमाडौँ

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३४ औं वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमकाबीच सम्पन्न भएको छ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एक समारोहकाबीच ३४ औं वार्षिकोत्सब मूल कार्यक्र्रमको उद्घाटन गरेका थिए।

सो अवसरमा महासचिव पोखरेलले उत्कृष्ठ कार्यसम्पादनमा आफ्नो क्षमता प्रमाणित गरी सकेका संस्थानहरुका कर्मचारीको सेवा सुविधा बृद्धिमा सरकारले सहयोगपूर्ण रुपमा हेर्ने नीति लिनुपर्ने बताए।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पाण्डेयले कर्मचारीहरुको तर्फबाट उचित ढङ्गले राखिएका सम्पूर्ण मागहरु व्यवस्थापनले सम्बोधन गर्नुपर्ने बताए।

कार्यक्रममा पेशागत महासंघ नेपालका अध्यक्ष पुण्यप्रसाद ढकालले आफ्नो हक हितको लागि सम्पूर्ण पेसाकर्मीहरु एक हुनुपर्नेे बताए।

सो कार्यक्रममा बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालका राष्ट्रिय समितिका अध्यक्ष धर्मराज मैनाली, प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, कर्मचारी संघ नेपालका पूर्व अध्यक्ष शिवकुमार अधिकारी, नेपाल वित्तीय संस्था कर्मचारी संघ रावा बैंकका अध्यक्ष ईश्वर बहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन रावा बैंकका अध्यक्ष दिपेन्द्र कार्कीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा पेसागत हक, हित तथा सस्थाको सम्बद्र्धनका विषयमा ब्यापक रुपमा विषयहरु उठान गरिएको थियो।  

संघका विभिन्न प्रदेश समितिहरुमा समेत विविध कार्यक्रम गरी वार्षिकोत्सव कार्यक्रम मनाइएको छ।

साउन ४ गते आयोजित रक्तदान कार्यक्रममा ७१ जना बैंक कर्मचारीहरुले रक्तदान गरेका थिए। कार्यक्रममा गण्डकी प्रादेशिक समितिलाई कार्यसम्पादन मुल्याङ्कनमा उष्कृष्ठ भएपावत रनिङ शिल्ड प्रदान गरिएको थियो। साथै, सो अवसरमा म्युजिकल चेयर खेल प्रतियोगिता संचालन गरिएको थियो। सो खेलमा प्रथम बसन्ता पन्थी, द्धितीय भावना शर्मा र तृतीय गंगा भुर्तेल भए।

विजयी प्रतियोगीहरुलाई प्रमुख अतिथिबाट पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। वार्षिकोत्सवको अवसरमा राविया नेपाल रिलिफ फण्डको सहयोगार्थ शनिवार काठमाडौंमा राविया सांस्कृतिक साँझ–२०८० समेत आयोजना गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .