कारोबार


व्यवसायिक घरजग्गा कारोबार गर्ने राहत, जोखिम भार १०० मा झर्ने

व्यवसायिक घरजग्गा कारोबार गर्ने राहत, जोखिम भार १०० मा झर्ने

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी। तस्बिर : सरोज बैजु


नेपालखबर
साउन ७, २०८० आइतबार १७:१८, काठमाडौँ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले रियल स्टेट व्यवसाय गर्नेलाई राहत दिने गरी जोखिम भार घटाउने बताएका छन्। 

आइतबार मौद्रिक नीति सार्वजनिक गरेपछिको पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले तर सबै रियल स्टेटको जोखिम भार कम गर्न नखोजेको बताएका छन्। 

‘व्यवसायिक रुपमा रियल स्टेटको कारोबार गर्नेलाई १५० बाट १०० प्रतिशतमा जोखिमभार झार्ने भनिएको हो,’ अधिकारीले भने,‘सबै क्षेत्रका घरजग्गालाई १५० प्रतिशतमा झार्ने भनेको होइन।’

यसबारेमा छिट्टै नै सार्वजनिक हुने नयाँ आर्थिक वर्षको सर्कुलरमा थप कुरा स्पष्ट भएर आउने अधिकारीले जानकारी दिए।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा आवासीय कर्जामा १ करोड ५० लाखसम्मको सीमालाई २ करोड रुपैयाँसम्म पुर्‍याउने जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .