सूचना प्रविधि कम्पनीले विदेशी मुद्रा सटही सुविधा वाणिज्य बैंकमार्फत नै गर्न पाउने भएका छन्।
नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा आर्जनको निश्चित प्रतिशतसम्म विदेशी मुद्रा सटही सुविधा कागजातको आधारमा वाणिज्य बैंकहरु मार्फत नै उपलब्ध हुने व्यवस्था गर्ने भएको हो।
‘सूचना प्रविधि लगायतका सेवा निर्यात गर्ने उद्देश्यले सञ्चालित उद्योग/व्यवसायलाई तेस्रो मुलुकमासम्पर्क कार्यालय स्थापना गर्न, विदेशी निकायलाई भुक्तानी गर्न/आफ्नै विदेशस्थित बैंक खातामा रकमान्तर गर्न र सफ्टवेयर वा प्रोग्राम खरिद तथा उपकरण जडान गर्न उद्योग/व्यवसायले गरेको विदेशी मुद्रा आर्जनको निश्चित प्रतिशतसम्म विदेशी मुद्रा सटही सुविधा तोकिएका कागजातहरुको आधारमा वाणिज्य बैंकमार्फत नै उपलब्ध हुने व्यवस्था गरिने छ’ जारी मौद्रिक नीतिमा उल्लेख रहेको छ।
त्यस्तै सूचना प्रविधि लगायतका सेवा निर्यात गरे वापतको विदेशी मुद्रा विद्युतीय माध्यमबाट भित्र्याउने व्यवस्थालाई थप प्रभावकारी बनाईने उल्लेख गरेको छ।
Shares

प्रतिक्रिया