ब्यूटी एन्ड केयर ई–कमर्स प्लेटफर्म फरइभरयङ (ForeverYNG) ले अभिनेत्री सुरक्षा पन्तलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडरको रूपमा घोषणा गरेको छ। यो रणनीतिक सहकार्यले ब्रान्डको उल्लेखनीय उपलब्धि हुने कम्पनीको विश्वास छ।
साथै यसले नयाँ ब्रान्ड पहिचान र सौन्दर्य उद्योगमा फरइभरयङको उपस्थिति विस्तार हुने पनि कम्पनीले जनाएको छ।
फरइभरयङका संस्थापक तथा सीईओ, शक्ति थापा भन्छन्, ‘सुरक्षा पन्तलाई फरइभरयङ परिवारमा स्वागत गर्न पाउँदा हामी निकै उत्साहित छौं। उनको असाधारण प्रतिभा, आफ्नो कामप्रतिको लगाव र साहसी व्यक्तित्व हाम्रो ब्रान्डको दर्शनसँग मिल्छ, जुन हाम्रो नयाँ लोगोमा पनि झल्किएको छ। सँगै मिलेर, हामी हाम्रो अभियान फरइभरयङ मार्फत प्रत्येक व्यक्तिलाई आफ्नो सुन्दरता र विशिष्टता अँगाल्न प्रेरित गर्ने लक्ष्य राखेकाछौँ।’
कम्पनीले होटल हिमालयमा एक विशेष कार्यक्रमका साथ सुरक्षालाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडरको खुलासा गरेको हो। कार्यक्रम सुरक्षाले ब्रान्डप्रतिको आफ्नो प्रतिबद्धतालाई जोड दिएकी थिइन्।
सुरक्षा पन्तको साथमा पूर्व मिस नेपाल उषा खड्गी र चर्चित मोडेलहरु श्रीयांसु पिया, अदिती अधिकारी र अशिम रानाभाट पनि ब्रान्डको नयाँ क्याम्पेन फरइभरयङ मा आबद्ध भएको जानकारी संस्थापक थापाले दिएका छन्।
Shares

प्रतिक्रिया