ad ad

कारोबार


पेट्रोलियमको मूल्य घटेलगत्तै सार्वजनिक यातायातको भाडा तीन प्रतिशत घट्यो

पेट्रोलियमको मूल्य घटेलगत्तै सार्वजनिक यातायातको भाडा तीन प्रतिशत घट्यो

फाइल तस्बिर


नेपालखबर
साउन १, २०८० सोमबार १२:२९, काठमाडौँ

 पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागु भएलगतै सार्वजनिक यातायातको भाडा पनि घटेको छ ।

 स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मुल्य घटाएलगतै यातायात ब्यवस्था विभागले पनि भाडा समायोजन गरेको छ । 

स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको छ।

त्यसैलाई आधार बनाएर यातायात ब्यवस्था विभागले यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, मालवाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको महानिर्देशक नारायणप्रसाद भट्टराइले बताए। 

‘घटाएको भाडादर आजदेखि नै लागु हुनेछ, त्यसको अनुगमन यातायता व्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई जिम्मा दिइएको छ’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले  भने, ‘पेट्रोलियम पदार्थमा ५ प्रतिशतभन्दा बढी घटबढ भए समायोजन गर्ने वैज्ञानिक भाडादर कायम सम्बन्धी कार्यविधिको ब्यवस्था छ। त्यही कार्यविधिमा रहेर भाडा समायोजन गरिएको छ।’

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु हुनासाथ सार्वजनिक र मालवाह साधनको भाडादर समायोजन गर्न मन्त्री ज्वालाले आइतबार नै मातहत निकायलाई निर्देशन दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .