सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नगद लाभांश सेयरधनी महानुभावहरूको बैंक खातामा जम्मा गरेको छ। बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएको सेयरधनीहरुको बैंक खातामा पुस २९ देखि नगद लाभांश जम्मा गर्न थालेको हो।
बैंकले पुस २९ गते सम्पन्न १५औँ वार्षिक साधारणसभाले पारित गरेको ८.९५९३ प्रतिशत नगद लाभांश करसहित सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ। लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बैंकले २०७६ पुस १५ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गरेको थियो।
यसअनुसार २०७६ पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुलाई लाभांश वितरण गरिएको छ । हालसम्म लाभांश प्राप्त नगर्ने सेयरधनी महानुभावहरुलाई आफ्नो सेयर अभौतिकीकरण गराउन तथा आफ्नो हितग्राही खातामा बैंक खाता नं. अद्यावधिक गराउन बैंकले आग्रह गरेको छ।
बैंकको सेयर रजिष्ट्रार एनआईबीएल क्यापिटल लिमिटेड रहेको छ।
Shares

प्रतिक्रिया