ad ad

कारोबार


सेप्टेम्बरसम्म माउन्टेनसहित तीन प्रकारका हेलिकप्टर उडानमा रोक

कम्पनीमा शेयर भएको चालकको विशेषाधिकार खारेज
सेप्टेम्बरसम्म माउन्टेनसहित तीन प्रकारका हेलिकप्टर उडानमा रोक

फाइल तस्बिर


नेपालखबर
असार २८, २०८० बिहिबार ७:३०, काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर उडान सुरक्षित बनाउन आगामी सेप्टेम्बरसम्म तीन प्रकारका हेलिकप्टर उडानमा रोक लगाएको छ।

गत मंगलबार माउन्टेन फ्लाइटका लागि सोलुखुम्बु गएका ५ विदेशी पर्यटकसहित ६ जनाको ज्यान जाने गरी मनाङ एयरको हेलिकप्टर दुर्घटना भएपछि प्राधिकरणले नयाँ नियम जारी गरेको हो।

नयाँ नियमअनुसार हेलिकप्टर उडानलाई सुरक्षित बनाउन आगामी अढाई महिनासम्म माउन्टेन, सिलिङ र गैरआवश्यक उडानमा रोक लगाइएको हो। 

उडानलाई सुरक्षित बनाउन यसबाहेक थप ४ वटा निर्णय प्राधिकरणले गरेको छ। जो यस प्रकार छन् :

१) हेलिकप्टर र छोटो उडान र अवतरणका लागि दैनिक नियन्त्रण र सुपरीवेक्षण टोली गठन।

२) साप्ताहिक समीक्षा गरी सेप्टेम्बरसम्म मनसुनमा एडीटी केन्द्रित उद्धार उडानलगायत हेलिकप्टर सञ्चालन अनुमति।

३) उडान सञ्चालन अनुमति दिँदा प्रस्थान वा अवतरणमध्ये कम्तिमा एक स्थान अनिवार्य विमानस्थल हुनुपर्ने।

४) कम्पनीमा शेयर भएको चालक दललाई सबै प्रकारका व्यवसायिक उडानको विशेषाधिकार खारेज।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .