हङकङको पार्किङस्थलमा आगजनी हुँदा २६ मोटरसाइकल जलेर नष्ट

हङकङको पार्किङस्थलमा आगजनी हुँदा २६ मोटरसाइकल जलेर नष्ट

नेपालखबर
असार २८, २०८० बिहिबार ८:९, हङकङ

हङकङको एक पार्किङस्थलमा आगजनी हुँदा २६ मोटरसाइकल जलेर नष्ट भएका छन्।

बुधबार दिउँसो त्सेउङ क्वान ओको किंग यिन स्थानमा रहेको पार्किङस्थलमा मोटरसाइकलमा आगजनी भएको थियो। स्थानीय समयअनुसार बिहान ३:४० मा उक्त घटना भएको हो।

घटनाको २० मिनेटपछि घटनास्थलमा दमकल पुगी आगो नियन्त्रण गरेको थियो।

उक्त घटनामा कुनै मानवीय क्षति भनेको भएको छैन। 

प्रहरीको प्रारम्भिक अनुसन्धानमा घटना शंकास्पद रहेको देखिएको छ। सीसीटीभी फुटेजमा उक्त क्षेत्रमा साइकलमा एक जना व्यक्ति प्रवेश गरेको र त्यसपछि आगो सुरु भएको देखिएको छ।

घटनाबारे त्सेङ क्वानओका प्रहरी अधिकारीले अनुसन्धान गरिरहेका छन् भने अहिलेसम्म कोही पक्राउ परेका छैनन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .