कारोबार


महिन्द्राले नेपाली बजारमा ल्यायो ‘स्कर्पियो-एन’

महिन्द्राले नेपाली बजारमा ल्यायो ‘स्कर्पियो-एन’

नेपालखबर
असार २२, २०८० शुक्रबार १८:३८, काठमाडौँ

महिन्द्राले आफ्नो नयाँ प्रस्तुति नयाँ स्कर्पियो–एन नेपालमा सार्वजनिक गरेको छ। भारत, दक्षिण अफ्रिका र अष्ट्रेलियामा स्कर्पियो–एनको सफल बजार प्रवेशपछि महिन्द्राले अब नेपाली बजारमा यस आइकोनिक एसयूभीको परिचयको साथ विश्वव्यापी यात्रालाई निरन्तरता दिएको छ।

नयाँ स्कर्पियो–एन लाई आकर्षक परिचयात्मक प्रारम्भिमक मूल्य रु ८१ लाख ५० हजारबाट लन्च गरिएको छ।

महिन्द्राले विगत ३० वर्षदेखि नेपालमा आफ्नो बलियो उपस्थिति जनाइसकेको छ। कम्पनीका अनुसार स्कर्पियो–एन नेपालमा महिन्द्राको एसयूभी लाइनअपमा पछिल्लो थप सवारी–साधन हो, जसले प्रतिष्ठित ‘ट्विन पिक्स’ लोगोको साथ ब्रान्डको विशिष्ट पहिचान प्रदर्शन गर्दछ। अल–न्यू स्कर्पियो–एन प्रतिष्ठित स्कर्पियो ब्रान्डमा आधारित छ, जुन यसको असाधारण अफ–रोड क्षमताको लागि प्रसिद्ध छ। महिन्द्राले नयाँ स्कर्पियो–एन सार्वजनिक गरेसँगै काठमाडौं, इटहरी र धनगढीमा आफ्नो एसयुभी नेटवर्क विस्तार गरेको छ।

कम्पनीका अनुसार यसको उद्देश्य आनन्ददायक स्वामित्व अनुभवहरू सिर्जना गर्नु तथा प्रामाणिक, कठिन तर परिष्कृत एसयूभीहरूको साथ एसयूभी बजारलाई पुनः परिभाषित गर्नु हो। अल–न्यू स्कर्पियो–एन यस प्रतिबद्धताको प्रमाण हो, जसले विद्यमान उत्पादन श्रेणीमा क्रमभंगताका साथ कार्यसम्पादन प्रदर्शन, क्षमता, प्रविधि, परिष्कार, सवारी र ह्यान्डलिङ, एनभीएच, इन्टेरियर र उपस्थितिको लागि नयाँ बेन्चमार्क सेट गर्दछ।

पूर्ण नयाँ स्कर्पियो–एनले छिट्टै नै विश्वव्यापी मान्यता प्राप्त गरिसकेको छ र अटोमोटिभ उद्योगमा उल्लेखनीय सफलता हासिल गरेको छ, सवारीप्रेमीरूलाई आकर्षित गरेको छ र यसले प्रवेश गरेको हरेक बजारमा उपभोक्ताहरूको मन जितेको छ।

भारतमा स्कर्पियो–एनले ३० मिनेटभन्दा कम समयमा १ लाख बुकिङ गरेर ठूलो प्रतिक्रिया पाएको जनाएको छ। त्यसैगरी, दक्षिण अफ्रिकामा पनि स्कर्पियो–एनले आफ्नो विश्वव्यापी आकर्षणको प्रतीकका रुपमा आफ्नो लन्च भएदेखि नै ग्राहकहरुबाट निकै सकारात्मक प्रतिक्रिया पाएको छ।

महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडका अन्तर्राष्ट्रिय अपरेशन, अटोमोटिभ सेक्टरका प्रमुख सचिन अरोलकरले भने, ‘हामी बहुप्रतिक्षित अल–न्यू स्कर्पियो–एनलाई नेपालको जीवन्त बजारमा ल्याउन पाउँदा उत्साहित छौं। यसको अविश्मरणीय डिजाइन, अत्याधुनिक सवारी सञ्चालन र ह्यान्डलिङ, रोमाञ्चकारी प्रदर्शन, उन्नत टेक्नोलोजी, सुरक्षाको सुनश्चिततात र निस्सन्देह, यसको भू–भाग–विजयी क्षमताहरूको साथ, अल–न्यू स्कर्पियो–एनले महिन्द्राको प्रामाणिक एसयूभीहरूको नयाँ युगको प्रतिनिधित्व गर्दछ।’

उनले थपे, ‘स्कर्पियो ब्रान्डको अविश्वसनीय विरासतमा निर्माण गर्दै, पूर्ण–नयाँ स्कर्पियो–एनले अर्को स्तरमा क्षमता लिन्छ र सबै महत्वपूर्ण मापदण्डहरूमा नयाँ बेन्चमार्क सेट गर्दछ। नयाँ स्कर्पियो–एनलाई नेपालका ग्राहकहरुले रुचाउने हामीलाई विश्वास छ, जसले उचित कार्यसम्पादन प्रदर्शन र बेजोड एडभेन्चरको कदर गर्दछन्।’

अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले भने, ‘आज हामी नेपालका अत्याधुनिक एसयूभी प्रेमीहरुका लागि नयाँ स्कर्पियो–एन प्रस्तुत गर्न पाउँदा गौरवान्वित छौं। स्कर्पियो–एन साहसिक कार्यको लागि ईन्जिनियरिङ गरिएको छ र संसारभरको सबैभन्दा चुनौतीपूर्ण भूभागहरूमा परीक्षण गरिएको छ। अग्नि ग्रुपले नेपालमा एसयुभी उत्पादनको दायरा विस्तार गर्नुका साथै ट्विन पिक्स नेटवर्क विस्तारमा पनि ध्यान दिएको छ। यसको उद्देश्य नेपालका एसयूभी खरिदकर्ताहरुलाई बेजोड ग्राहक अनुभव प्रदान गर्नु हो।’
 नयाँ स्कर्पियो–एनमा आकर्षक ३ वर्ष÷एक लाख किलोमिटरको वारेन्टी प्लान रहेको छ।

मूल्य निर्धारण (यो मूल्य ३० सेप्टेम्बर २०२३ सम्म मात्र लागू हुने कम्पनीले जनाएको छ।)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .