ad ad

कारोबार


झिनो अंकले घट्यो नेप्से, १२७ कम्पनीको सेयरमूल्यमा गिरावट

झिनो अंकले घट्यो नेप्से, १२७ कम्पनीको सेयरमूल्यमा गिरावट

नेपालखबर
असार २१, २०८० बिहिबार १५:४१, काठमाडौँ

आज बजार झिनो अंकले घटेको छ। बजार ०‍।०६ अंकले घटेर २०४९।३८ विन्दुमा अडिएको हो।

घटेको बजारमा ३ अर्ब ७ करोडको कारोबार भएको छ। आज कारोबारमा आएका मध्ये ९० कम्पनीको सेयरमूल्य बढेको छ भने १२७ कम्पनीको घटेको छ। साथै, ८ कम्पनीको सेयरमूल्य स्थिर नै देखिएको छ।

आज २०४९.४४ विन्दुमा खुलेको बजार उच्च २०६४.५७ विन्दु र न्यून २०३३.४३ विन्दुमा थियो।

आज १३ उपसमूहमध्ये ६ बढेको छ भने ७ घटेको छ। आज बैंकिङ, फाइनान्स, इन्भेष्टमेन्ट, माइक्रोफाइनान्स, म्युचल फण्ड, नन लाइफ र अन्य उपसमुह घटेको छन्। डेभलपमेन्ट बैंक उपसमुह, होटल एण्ड टुरिजम, हाइड्रो, लाइफ इन्स्योरेन्स, उत्पादन तथा प्रसोधन र ट्रडिङ उपसमूह बढेको छन्।

आज सिटी होटलको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ। आज शिवम सिमेन्टको सर्वाधिक १८ करोडको कारोबार भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .