ad ad

कारोबार


देउराली सहकारीका अध्यक्षसहित सञ्चालकहरू बेपत्ता, पक्राउ गर्न सीआईबीलाई पत्र

देउराली सहकारीका अध्यक्षसहित सञ्चालकहरू बेपत्ता, पक्राउ गर्न सीआईबीलाई पत्र

फाइल तस्बिर


नेपालखबर
असार १७, २०८० आइतबार १२:३, काठमाडौँ

सर्वसाधारणको अर्बौँ रकम हिनामिना गरेको अभियोगमा देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईंसहितका सञ्चालकलाई पक्राउ गर्न सहकारी विभागले नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्र लेखेको छ।

ललितपुरको सातदोबाटोमा प्रधान कार्यालय रहेको सहकारी संस्थाका अध्यक्ष चौलागाईंसहित सञ्चालकले लामो समयदेखि कार्यालय बन्द गरेर सेयर सदस्यहरुलाई दु:ख दिन थालेपछि सहकारी विभागले कारबाहीका लागि सीआईवीलाई आग्रह गरेको हो। 

बचतकर्ताले रकम फिर्ता माग्न थालेपछि अध्यक्ष चौलागाईंले मिटरब्याजी जस्तो आरोप लगाएर हैरान पारेका छन्। 

गत बुधबार विभागले सेयर सदस्यहरुको दबाबमा सीआईवीलाई पत्र लेखेपछि चौलागाईंसहितका सञ्चालकलाई पक्राउ तयारी गरेको छ। 

संस्थाका पीडित सदस्यहरुले सीआईबीमा प्रमाणसहित गत मंगलबार नै उजुरी दर्ता गरिसकेका छन्। 

सहकारी सञ्चालकले आफू जोगिन ८० प्रतिशत बचत फिर्ता गरिसकेको र बचत फिर्ता लिन आउन सूचना जारी गरी झुटो प्रचार गर्दै आएको आरोप थियो। 

बचत फिर्ता गरेको सरकारी निकायमा भनिए पनि बचतकर्ताले फिर्ता नपाएको सदस्यहरुले नै सीआईबीमा प्रमाणसहित उजुरी दिएका हुन्।

यसअघिका उजुरीलाई छोप्न सहकारीले बचत फिर्ता गर्न जग्गा दिने प्रलोभन देखाएको थियो। सहकारीले विभिन्न समयमा अत्याधिक ब्याज दिने प्रलोभन दिएर बचत संकलन गरेको थियो।

गत असार १ गतेबाट कार्यालय नै बन्द गरेर हिँडेपछि देउराली सहकारीका पीडितहरु माइतीघरमा निरन्तर आन्दोलन गरिरहेका छन्। 

संस्थाका पीडित सदस्यहरुले विभागमा पुगेर नाराबाजी गरेपछि विभागले अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्यूरोलाई भनेको हो। 

पीडितहरुका अनुसार देउराली सहकारीका सञ्चालक तथा अध्यक्ष चौलागाईंले सर्वसाधारणबाट करिब ३ अर्ब अपचलन गरेको आरोप लगाएका छन्। 

सहकारीमा समस्या आएपछि गठन भएको देउराली सहकारी पीडित संघर्ष समिति गठन भएर आन्दोलन भइरहँदा समितिका सदस्यहरुलाई झुटो मुद्दा लगाएर फसाउन खोजेको पीडितहरुले बताएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .