कारोबार


टाटा मोटर्सको ‘एक्सचेन्ज विक-एण्ड’ शुक्रबारदेखि

टाटा मोटर्सको ‘एक्सचेन्ज विक-एण्ड’ शुक्रबारदेखि

नेपालखबर
असार ७, २०८० बिहिबार १९:५१, काठमाडौँ

टाटा मोटर्सले भोलि (असार ८) देखि ‘एक्सचेन्ज विक–एण्ड’ सुरु गर्दैछ।

असार ८, ९, १०, ११ र १२ गते काठमाडौं लगायत सिप्रदी तथा सिप्रदीका नेपालभरि रहेका आधिकारिक टाटा मोटर्स शोरुमहरु मा ‘एक्सचेन्ज विक–एण्ड’ विशेष एक्सचेन्ज क्याम्प सञ्चालन हुन लागेको कम्पनीले जनाएको छ।

एक्सचेन्ज क्याम्पमा आएर आफ्ना गाडीसँग टाटा मोटर्सका विद्युतीय गाडीहरु साटेर फाइदा उठाउन कम्पनीले आग्रह गरेको छ।

एक्सचेन्ज क्याम्पमा जुनसुकै कम्पनी अथवा ब्राण्डको गाडी लिएर आई टाटा मोटर्सका सर्वाधिक रुचाईएका नयाँ मोडेलका नेक्सन ईभी र टिगोर ईभीसँग साट्न सकिने व्यवस्था गरिएको छ।

उक्त व्यवस्थालाई अझ सहज बनाउने उदेश्यले शोरुम मा इन्स्योरेन्स सुविधा, बैंकिङ सुविधाका साथै गाडी मूल्यांकन गर्न विभिन्न दक्ष मूल्यांकनकर्ताहरुको पनि सहभागिता रहने बताइएको छ।

टाटा मोटर्सका ग्राहक तथा बजारको सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेलबाट चल्ने सवारी साधनलाई बजारले अत्याधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारीसँग साट्न मिल्ने गरी एउटै शोरुमबाट व्यवस्था गरिएको छ।

चलिरहेको बजारको मूल्य भन्दा गाडीको विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधा, र साथै हरेक गाडी हस्तान्तरणमा विभिन्न अफरहरु पनि पाइनेछ ।

थप जानकारी वा आफ्नो नजिकैको टाटा मोटर्सको शोरुम पत्ता लगाउन सिप्रदीको टोल फ्री नम्बर मा निशुल्क रुपमा सम्पर्क गर्न सकिनेछ। कल गर्न ९८०१५७५७७७ अथवा १६६००१५५७७७ मा सम्पर्क गर्न सकिनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad