कारोबार


एभरेष्ट बैंकद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आर्थिक सहयोग प्रदान

एभरेष्ट बैंकद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आर्थिक सहयोग प्रदान

नेपालखबर
असार १, २०८० शुक्रबार १७:११, काठमाडौँ

एभरेष्ट बैंक लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई अस्पताल भवन निर्माण कार्यका लागि १० लाख आर्थिक सहयोग गरेको छ। 

स्रोत केन्द्रको रुपमा केन्द्रीय बाल अस्पताल सञ्चालनार्थ स्थापित उक्त अस्पताललाई सो सहयोग गरेको हो। 

बाल स्वास्थका क्षेत्रमा बहुविशिष्टीकृत अस्पताल सञ्चालन गर्न तालिम तथा दक्ष जनशक्ति तयार गरी गुणस्तर वृद्दि र नियमनका विधि र प्रक्रियाको विकास तथा निति निर्धारण गर्न लगायतका कार्य गर्ने गरी सबै प्रादेशिक बाल अस्पतालहरूका लागि अस्पताल निर्माण गर्न लागेको हो। 

सो कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङले अस्पतालका अध्यक्ष प्रा.डा. भगवान कोइरालालाई एक कार्यक्रमका बिच चेक हस्तान्तरण गरे। 

यस बाट बाल अस्पताल निमार्ण लक्ष्यमा टेवा पुग्ने र बालबालिकाहरुले सुलभ तथा गुणस्तरीय स्वास्थ सेवा प्राप्त गर्ने विश्वास बैंकले लिएको छ। सो 

कार्यक्रममा नायब महाप्रबन्धक श्री केशव राज पौडेल लगायत अन्य विशिष्ट व्याक्तित्वहरुको समेत उपस्थिति रहेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .