एनआईसी एशिया बैंक र नारायणी वयोधा हस्पिटल, वीरगञ्ज, पर्साबीच स्वास्थ्य उपचारमा छुट पाउने सम्बन्धी सम्झौता भएको छ।
बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई नारायणी वयोधा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको छुट तथा अन्तरंग बिरामीहरुको लागि १५ दिनसम्मको क्यासलेस वा क्रेडिट सुविधा प्रदान गर्ने सम्झौता भएको हो।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रादेशिक कार्यालयका प्रमुख प्रकाशचन्द्र अधिकारी र नारायणी वयोधा हस्पिटलको तर्फबाट हस्पिटलका सुविधा सञ्चालक डा. रजनिश भारतीले हस्ताक्षर गरे।
एनआईसी एशिया मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउन्टर एवं ३५ वटा शाखारहित बैंकिङ ईकाई मार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ।
Shares

प्रतिक्रिया