सन्राइज बैंकले तिलोत्तमा आँखा अस्पताल, बुटवलसँगको समन्वयमा निःशुल्क आँखा शिविरसञ्चालन गरेको छ।
निःशुल्क आँखा शिविर कार्यक्रम शुद्धोदन गाउँपालिका ७ को जनता मावि सञ्चालन गरिएको थियो।
शिविरबाट विद्यार्थी, शिक्षक तथा अभिभावक गरी २ सय ५० जनाले ओपीडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श, सल्लाह र अन्य जाँच सेवाहरु लिएका थिए।
त्यसैगरी सन्राइज बैंकको दुहबी शाखाद्वारा विराट मेडिकल कलेज शिक्षण अस्पतालको सहकार्यमा जेठ २५ गते छिटाहा मावि, छिटाहा बजारमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ।
उक्त कार्यक्रममा निःशुल्क आँखा जाँच, दाँत जाँच, सामान्य स्वास्थ्य जाँच, क्यान्सर सचेतना कार्यक्रम तथा रक्तदान जस्ता स्वास्थ्य सुविधा प्रदान गरिएको थियो। कार्यक्रममा १ सय ५१ जना सहभागी थिए।
हरेक वर्ष देशका विभिन्न स्थानका समुदायको आवश्यकता अध्ययन गरी स्वास्थ्य, शिक्षा, पूूर्वाधार निर्माण महिला सशक्तिकरण लगायतमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न काम गर्दै आएको बैंकले जनाएको छ।
Shares
प्रतिक्रिया