ad ad

कारोबार


च्यानल फाइनान्सिङ : एशियन पेन्ट्स र नबिल बैंकबीच सम्झौतामा हस्ताक्षर

च्यानल फाइनान्सिङ : एशियन पेन्ट्स र नबिल बैंकबीच सम्झौतामा हस्ताक्षर

नेपालखबर
जेठ ३०, २०८० मंगलबार १३:१८, काठमाडौँ

एशियन पेन्ट्स नेपाल र नबिल बैंकबीच हालै नेपालभरका एशियन पेन्ट्सका डिलरहरुलाई च्यानल फाइनान्सिङको लाभ प्रदान गर्ने सम्बन्धमा एक सम्झौता सम्पन्न भएको छ। 

सम्झौता पत्रमा एशियन पेन्ट्स नेपालको तर्फबाट कन्ट्री डाइरेक्टर गोपालकृष्णन् जी र नबिल बैंकको तर्फबाट सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगानाले काठमाडौंमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे।

सुस्त आर्थिक अवस्था र समग्र बैंकिङ्ग तरलतामा देखा परेको संकटको सामना गर्दै नेपाल विभिन्न आर्थिक चुनौतीबाट गुज्रिरहेको छ। 

निर्माण क्षेत्र, जुन विकासको प्रमुख आधार हो, त्यसमा समेत पर्याप्त तरलता अभावको कारण मन्दी छाएको छ। 

यसबाट पेन्ट व्यवसायसमेत गहन मारमा परेको छ। निर्माण क्षेत्र र समयमै वक्यौता असुलीमासमेत असर पर्न गएको छ। उद्यपि, विविध कठिनाइबावजुद डिलरहरुको हितमा ‘च्यानल फाइनान्सिङ’ एक आशाको रुपमा देखा परेको छ। 

च्यानल फाइनान्सिङ एक त्यस्तो कार्यक्रम हो, जसले बैंकहरुबाट अत्यावश्यक तरलता सहायता प्रदान गर्दछर

अहिलेको चुनौतीपूर्ण अवस्थामा चालू पूँजीको व्यवस्था गर्न समस्या परिरहेका व्यवसायहरुलाई टेवा प्रदान गर्ने बताइएको छ। 

डिलरहरुले अब प्रतिस्पर्धात्मक ब्याजदरमा आवश्यक रकमको व्यवस्था गर्न सक्दछन्।

जसबाट उनीहरु आर्थिक मन्दीमा अझ प्रभावकारी ढंगबाट अघि बढ्न सक्षम हुनेछन्। थप के छ भने, यो कार्यक्रमले डिलरहरुलाई धरौटी राखेर अधिक कर्जा सीमाहरुको पनि व्यवस्था गरिदिएको छ। 

यो कर्जा विस्तारका विकल्पहरुले डिलरहरुलाई उनीहरुको व्यवसाय कायम राख्न र त्यस्को वृद्धि गर्न आवश्यक लचकता प्रदान गर्दछ।

यसका अतिरिक्त, प्रतिस्पर्धात्मक ब्याजदरमा च्यानल फाइनान्सिङले डिलरहरुलाई अन्य लाभहरुको अवसर पनि प्रदान गरेको छ।

त्यस्तो लाभमध्ये एक निर्धारित कर्जा प्रशोधन शुल्कको तुलनामा यसको कर्जा प्रशोधन शुल्क न्यून हुनु हो। यसरी खर्चमा कमी आउनाले डिलरलाई आर्थिक सहायता खोज्न र उनीहरुको कार्यहरुको दायरा फराकिलो बनाउन अझ बढी सम्भव बनाइदिन्छ। 

यसका साथै डिलरहरुले उपलब्ध सीमाको हदमा रहेर चाडपर्व वा समयानुकूल आवश्यकताहरु परिपूर्ति गर्न तदर्थ वा अस्थायी सीमाहरुमा पहुँच राख्न सक्छन्। 

यसप्रकारको सुविधाजनक लचिलोपनाले व्यवसायीहरुलाई अवसरहरुको फाइदा उठाउन र बजारको माग अझ बढी प्रभावकारी रुपमा समायोजन गर्न सक्षम बनाउने बताइएको छ।

डिलरहरुलाई थप प्रोत्साहित गर्नु पर्ने आवश्यकतालाई मध्यनजर राख्दै बैंकहरुले स्विचिङलाई प्रोत्साहन दिन आकर्षक योजनाहरु प्रस्तुत गरेका छन्। 

डिलरहरुले अब न्यून लागतमा बैंक बदल्न सक्नेछन् भने साथै फ्रि क्रेडिट कार्डहरु र घातक रोग बीमा कभरेज सुविधाहरु पनि प्राप्त गर्न सक्नेछन्।

यसबाट डिलरहरुका लागि मुल्य प्रस्ताव मात्र बढ्ने नभई बैंकिङ संस्थाहरुसँग उनीहरुको सम्बन्ध पनि प्रगाढ हुने बताइएको छ।

च्यानल फाइनान्सिङ नेपालले चुनौतीपूर्ण वर्तमान समयमा पुनरुत्थान गर्न र विकासलाई गति दिन नवीनतम वित्तीय समाधानहरुको शक्तिलाई प्रमाणको रुपमा काम गर्ने बताइएको छ।

तरलता समर्थन, प्रतिस्पर्धात्मक ब्याजदरहरु, र अतिरिक्त लाभहरु प्रदान गरेर च्यानल फाइनान्सिङले डिलरहरुलाई उनीहरुको व्यवशाय विकासमा उत्पन्न भइरहेको बाधाबाट पार पाउन सशक्त बनाउने विश्वसा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .