ad ad

कारोबार


ई-सेवामार्फत नेपाल टेलिकमको रिचार्ज गर्दा इलेक्ट्रिक स्कुटर जित्न सकिने

ई-सेवामार्फत नेपाल टेलिकमको रिचार्ज गर्दा इलेक्ट्रिक स्कुटर जित्न सकिने

नेपालखबर
जेठ २९, २०८० सोमबार १७:१४, काठमाडौँ

ई-सेवामार्फत नेपाल टेलिकमको रिचार्ज गर्दा इलेक्ट्रिक स्कुटर जित्न सकिने अफर सार्वजनिक गरिएको छ।

यस अफरमा सहभागी हुन एनटिसी प्रिपेड, एनटिसी पोस्पेड र एनटिसी डाटा प्याक एप वा इ–सेवाको वेबसाइट मार्फत रिचार्ज गर्नु पर्नेछ।

यो अभियान असार १५ गतेसम्म लागू हुने कम्पनीको भनाइ छ।

यो अभियान अवधिभर प्रोमो कोडहरू प्रयोग गरेर १० प्रतिशतसम्म क्याब्याक प्राप्त गर्न सकिनेछ। 

रिचार्ज गरेको २४ घण्टाभित्र क्यासब्याक इ–सेवा वालेटमा जम्मा हुने बताइएको छ।

कोमाकी फ्लोरा एक इलेक्ट्रिक स्कुटर हो। जसले प्रति चार्ज ७५–१०० किलोमिटरको माइलेज दिनुको साथै सहज र रमाइलो सवारी अनुभव सुनिश्चित गराउन शक्तिशाली ३ हजार वाट मोटरको जडान गरिएको छ।

यस इलेक्ट्रिक स्कुटरमा ट्युबलेस टायर र डिस्क ब्रेककोका साथै अन्य विशेषता रहेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .