ad ad

कारोबार


सिटिजन्स बैंकद्वारा रंगेली अस्पताल र कन्या क्याम्पसलाई विभिन्न सामान वितरण

सिटिजन्स बैंकद्वारा रंगेली अस्पताल र कन्या क्याम्पसलाई विभिन्न सामान वितरण

नेपालखबर
जेठ २८, २०८० आइतबार १९:३१, काठमाडौँ

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशी प्रदेशस्थित रंगेली अस्पताललाई २ वटा पोस्ट अपरेशन मोनिटर र एउटा भ्याक्सिन स्टोरेजको लागि फ्रिज प्रदान गरेको छ।

बैंकको प्रदेश कार्यालय विराटनगरमार्फत शाखा कार्यालय रंगेलीद्वारा सो सामान प्रदान गरिएको हो। 

वितरण कार्यक्रममा रंगेली नगरपालिकाका नगर प्रमुख दिलीप कुमार अग्रवाल, उपप्रमुख भुमा पराजुली, रंगेली अस्पाताल विकास समिति का अध्यक्ष साथै अन्य अस्पातल प्रशासनका कर्मचारी र बैंकका प्रतिनिधिको उपस्थिति थियो।

यसको साथै सिटिजन्स बैंकले डिल्लीबजारस्थित डिल्लीबजार कन्या क्याम्पसलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रोजेक्टर हस्तान्तरण गरको छ। विद्यार्र्थीहरुलाई  पठानपाठन मा सजिलो होस भन्ने मनासयले प्रोजेक्टर प्रदान गरको हो।

निकट भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत यस्ता कार्यक्रमहरु प्रदेशका अन्य शाखाहरूमार्फत संचालन गर्ने योजना रहेको जनाएको छ।

सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको यस बकैंले आगामी दिनहरुमा अन्य सशक्त ढंगबाट यस्ता कार्यक्रमहरु अगाडि बढाउने योजना रहेको जनाएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ इकाइहरुबाट करिव १५ लाख ८० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .