कारोबार


दराज एनमबी कर्जा सुविधा सुरु, धितोबिना ५ लाखसम्मको ऋण लिन सकिने

दराज एनमबी कर्जा सुविधा सुरु, धितोबिना ५ लाखसम्मको ऋण लिन सकिने

नेपालखबर
जेठ २७, २०८० शनिबार १७:३७, काठमाडौँ

ई–कमर्स प्लेट्फर्म दराज र एनएमबी बैंकबीच साझेदारी सुरु भएको छ। ब्रिकेताहरूलाई धितोरहित ऋणमा सहज पहुँच प्रदान गरी व्यवसाय विस्तार र वृद्धिका नयाँ अवसरहरू प्राप्त गर्न सक्षम बनाउने उद्धेश्यसँगै ‘दराज एनएमबी कर्जा’ सुविधाको सुरूवात भएको हो। 

सम्झौतामा यसअघि नै दराज नेपालका प्रबन्ध निर्देशक आचल कुँवर र एनएमबी बैंकका नायब प्रमुख अधिकारी गोविन्द घिमिरेले हस्ताक्षर गरेका थिए।

दराज एनएमबी सजिलो कर्जा कार्यक्रम अन्तर्गत, बिक्रेताहरूले एनएमबी बैंकबाट उपलब्ध गराइने ऋणहरू प्राप्त गर्न सक्छन्।

दराज र एनएमबी बैंकबीचको यस सहकार्यले उद्यमशीलताको भावना र देशको आर्थिक वृद्धिमा सहयोग गर्ने उनीहरूको प्रतिबद्धतालाई उजागर गर्दछ।

दराज एनएमबी कर्जा मार्फत विक्रेताहरूले कुनै पनि प्रकारको सुरक्षा वा धितो प्रदान नगरी धेरै आवश्यक कोषहरू पहुँच गर्न सकिने बताइएको छ। 

दराज प्लेटफर्ममा बिक्रेताहरूले आफ्नो व्यावसायिक आवश्यकता अनुसार ५ लाखसम्मको ऋणका लागि आवेदन दिन सकिने जनाइएको छ।

यो ऋण रकमले विक्रेताहरूलाई सूचीमा लगानी गर्न, तिनीहरूको उत्पादन प्रस्तावहरू विस्तार गर्न, मार्केटिङ गतिविधिहरू बढाउन र तिनीहरूको समग्र सञ्चालन सुधार गर्न सक्षम बनाउने अपेक्षा राखिएको छ। 

दराज एनएमबी सजिलो कर्जा सुविधा प्राप्त गर्न, विक्रेताहरूले म्बचबश क्भििभच ऋभलतभच मा गएर अनलाइन ऋणको लागि आवेदन दिन सक्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad