कारोबार


बजाजको ‘नेतृत्वको २५ वर्ष’ क्याम्पेन सम्पन्न

बजाजको ‘नेतृत्वको २५ वर्ष’ क्याम्पेन सम्पन्न

नेपालखबर
जेठ २३, २०८० मंगलबार १८:१५, काठमाडौँ

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आफ्नो रजत जयन्तीको अवसरमा सञ्चालनमा ल्याएको ‘नेपालमा आफ्नो लिडरशिपको २५ वर्ष क्याम्पेन’ सफलतापूर्वक सम्पन्न गरेको छ।

आफ्ना उपभोक्ताहरुलाई आकर्षक लाभहरू प्रदान गर्दै कृतज्ञता व्यक्त गर्ने लक्ष्यको साथ यो अभियान नयाँ वर्ष २०७९ को अवसरमा शुभारम्भ गरिएको थियो।

अभियानको एक हिस्साको रूपमा बजाजले ग्राहकहरूलाई आकर्षक अफरहरू उपलब्ध गराएको थियो, जसमा विशेष २५ डाउन पेमेन्टमा फाइनान्सिङको विकल्प, रु.१० हजारसम्मको स्योर शट नगद छुट र भाग्यशाली २५ जना ग्राहकले १ केजी चाँदी जित्ने अवसर समावेश गरिएको थियो।

अभियानको बारेमा बोल्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘यो अभियान हाम्रो अहिले सम्मको यात्रामा हाम्रा ग्राहकहरूले वर्षौंदेखि दिनुभएको अटल साथका लागि आभार व्यक्त गर्ने र सँगै यस उत्सवलाई मनाउने एक माध्यम थियो। नेपाली बजारलाई २५ वर्षदेखि अटुट सेवा प्रदान गर्न पाउँदा हामी निकै नै खुसी छौँ र भविष्यमा उत्कृष्टता प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिनेछौँ।’

ग्राहकहरूले ‘नेतृत्वको २५ वर्ष’ अभियानका आकर्षक अफरहरूको अत्यधिक लाभ लिएको कम्पनीले जनाएको छ। ग्राहकको सन्तुष्टिमा निरन्तर जोड दिएकोले र उत्कृष्ट उत्पादन तथा विश्वस्तरिय सेवा प्रदान गरेकोले नै अटोमोबाइल क्षेत्रमा बजाजको ब्रान्डको रुपमा स्थापित भएको कम्पनीको दाबी छ।

बजाज ब्राण्ड नेपालको सबैभन्दा भरपर्दो मोटरसाइकल ब्रान्ड हुनुका साथै यसको सबैभन्दा ठूलो सर्भिस नेटवर्क छ। त्यस्तै, यसको रिसेल मूल्य पनि उत्कृष्ट रहेको छ।

यसका गुणस्तरीय उत्पादनहरू, स्पेयर पार्टको सहज उपलब्धता र ग्राहक मैत्री सेवा सुविधाप्रतिको प्रतिबद्धता जस्ता कारणहरुले गर्दा नै बजाज बाइकले बजारमा उच्चतम स्थान हासिल गरेका छन्। अटोमोवाइल क्षेत्रमा बजाजको निरन्तर २५ वर्षको नेतृत्व यसको नवीनता र गुणस्तरताप्रतिको प्रतिबद्धताको प्रमाण हो।

यसका साथै बजाजको फ्री लिलि योजना पनि चालु रहेको छ। जस अन्तर्गत उपभोक्ताहरुले १२५ सिसिसम्मको बजाज बाइकको खरिदमा १९२ लिटरको सामसुङको रेफ्रिजेरेटर प्राप्त गर्न सक्नेछन्।

बजाजको अर्को ५० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याज दरको अफर पनि चालु रहेको छ, जस अन्तर्गत उपभोक्ताहरुले ५० प्रतिशत डाउनपेमेन्ट गर्दा शून्य प्रतिशत ब्याजदरमा हुलास फिनसर्भ मार्फत फाइनान्समा बाइक खरिद गर्न सक्नेछन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad