ad ad

कारोबार


अर्थतन्त्र अफ्ठेरो अवस्थामा छ, विज्ञले काम गरौं : पूर्वअर्थमन्त्री पाण्डे (भिडिओ)

अर्थतन्त्र अफ्ठेरो अवस्थामा छ, विज्ञले काम गरौं : पूर्वअर्थमन्त्री पाण्डे (भिडिओ)

नेपालखबर
जेठ २०, २०८० शनिबार २०:५, काठमाडौँ

पूर्वअर्थमन्त्री सुरन्द्र पाण्डेले मुलुकको अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा रहेको टिप्पणी गरेका छन्। 

शनिबार काठमाडौंमा भएको स्व.डा.गोविन्दबहादुर थापाद्वारा लिखित अर्थतन्त्रको आँखीझ्याल पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।

उनले मुलुक आर्थिक रुपमा संकटग्रस्त अवस्थामा पुगेको बताए। सरकार र निजी क्षेत्र दुवै दबाबमा रहेको भन्दै मुलुकमा वित्तीय संकट आउन सक्ने परिस्थिति देखिएको उनको भनाइ छ।

‘अहिले मुलुकको अर्थतन्त्र धेरै अफ्ठ्यारो स्थितिमा देखेको छु। सरकार र निजी क्षेत्र दुवैमा दबाब छ। त्यस कारणले पनि अगाडि वित्तीय रुपमा संकट आउने हो की भन्ने लागेको छ,’ उनले भने, ‘निजी क्षेत्रले बैंकको ब्याजदर गिरावट चाहिन्छ भनि रहेको छ तर ब्याजदरमा कमी आउने अवस्था देख्दिन । यो वर्ष बैंकहरुको ऋण लगानी गर्ने क्षमता गुमाउँदै गएको छ।’

उनले निजी क्षेत्रले बैंकको ब्याजदर घट्नुपर्ने माग राखेपनि तत्काल ब्याजदरमा कमी आउने अवस्था नदेखिएको बताए।

पूर्वअर्थमन्त्री पाण्डेले यो वर्ष बैंकहरुको ऋण लगानी गर्ने क्षमता गुमाउँदै गएको बताए।

उनले चालु आर्थिक वर्षमा करिव ९ प्रतिशत कर्जा वृद्धि भएको भन्दै अर्को वर्ष यो भन्दा बढी हुने अवस्था नभएको बताए। मुलुकको अर्थतन्त्रमा देखिएका समस्या र चुनौतिलाई समाधान गर्नको लागि पनि अर्थतन्त्र बुझेका विज्ञहरु मिलेर जानुको विकल्प नभएको बताए।

उनले अर्थतन्त्र बुझेकाहरु एक भएमात्रै देशलाई आर्थिक रुपमा सही ठाउँमा ल्याउन सकिने बताउनु भयो ।

‘यसपाली ९ प्रतिशत कर्जा वृद्धि भएको छ। अर्को वर्ष यो भन्दा कर्जा वृद्धि हुने अवस्था छैन। अघिल्लो पाँच वर्ष २५ प्रतिशतले वृद्धि थियो,’ उनले भने, ‘यो अवस्थालाई समाधान गर्नको लागि पनि अर्थतन्त्र बुझेका विज्ञहरु मिलेर गर्नुपर्छ। त्यस्तो भए मात्रै देशलाई सही ठाउँमा लाग्नसक्छौं। हामीले हिम्मत हार्नु हुँदैन।’

कार्यक्रममा बोल्दै पूर्वगभर्नर डा.विजयनाथ भट्टराईले नेपालको अर्थव्यवस्थामा सरकारी वित्तहरुमा भाँडभैलो अवस्थामा रहेको बताए। उनले डा.गोविन्दबहादुर थापा भएको भए अहिलेका नेतृत्वहरुमा बुद्धि पलाउने अवस्था आउने थियो भन्दै स्मरण गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .