ad ad

कारोबार


हवाइ टिकटमा लगाइएको भ्याट खारेज गर्न नाट्टाको माग

हवाइ टिकटमा लगाइएको भ्याट खारेज गर्न नाट्टाको माग

नेपालखबर
जेठ १८, २०८० बिहिबार १९:३०, काठमाडौँ

नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नयाँ बजेट मार्फत लागू गर्न खोजिएको ‘आउटबन्ड टुर’को ५ प्रतिशत तथा हवाइ टिकटमा लगाइने भनिएको १३ प्रतिशत भ्याट खारेज गर्न माग गरेको छ।

बिहीबार विज्ञप्ति प्रकाशित गरी सरकारले हाल पनि विभिन्न शिर्षकहरु राखि हवाइ टिकटमा कर रकम उठाइरहेको भन्दै ‘यसका साथै नयाँ बजेट मार्फत लागू गर्न खोजिएको आउटबन्ड टुरको ५ प्रतिशत तथा हवाइ टिकटमा लगाइने भनिएको १३ प्रतिशत भ्याट के कसरी र कुन आधारमा लिइने हो त्यसको स्पष्ट व्ययस्था समेत नभकाले यसको कार्यान्वयन पक्ष झन् जटिल रहेको’ जनाएको छ।

तसर्थ अहिले ल्याइएको भ्याट र करसम्बन्धी व्यवस्थालाई कार्यान्वयन नगर्न र हालकै व्यवस्थालाई निरन्तरता दिन नाट्टाले नेपाल सरकारलाई आग्रह गरेको छ।

साथै, सरकारले व्यवसायीका समस्याहरु बुझेर समाधानको सकारात्मक पहल गर्नेछ भन्ने विश्वास लिएको जनाएको छ।

त्यसका साथै जेठ १५ को बजेट भाषणमार्फत सन् २०२३ देखि २०३२ सम्मलाई पर्यटन दशकको रुपमा मनाउने, निजगढ विमानस्थल निर्माण गर्ने, सांस्कृतिक सम्पदाहरुको पुनर्निमाण गरिने, नयाँ पर्यटकीय गन्तव्यको पहिचान र पूर्वाधारको विकास गरिने, एअरपोर्टहरुको स्तरोन्नतीका कामहरु गरिने तथा पर्यटन क्षेत्रको लागि साविक भन्दा उल्लेख्य रकम थप गरि पर्यटन क्षेत्रको बृद्दिविकास गर्ने सरकारको तदारुकतालाई स्वागत गरेको अध्यक्ष रमेश थापाले जनाएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .