ad ad

कारोबार


सेलपे सेवाबाट दैनिक १ लाख र मासिक ५ लाखसम्म कारोबार गर्न सकिने

सेलपे सेवाबाट दैनिक १ लाख र मासिक ५ लाखसम्म कारोबार गर्न सकिने

नेपालखबर
पुस २७, २०७६ आइतबार ११:३२,

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम आफ्नो मासिक कारोबारको सीमा रकम अद्यावधिक गरेको छ।

कम्पनीले राष्ट्र बैंकद्वारा प्रकाशित भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०७६ बमोजिम ग्राहकवर्गले सेलपेबाट पीटुपी रकम स्थानान्तरण एक पटकमा २५ हजार, दैनिक १ लाख र मासिक ५ लाखसम्म गर्न सक्ने गरी अद्यावधिक गरेको हो।

सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेसन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा भएको पनि कम्पनीले जनाएको छ। सेलपेबाट वास्तविक समयमा भुक्तानी, विना वालेट कारोबार गर्न सकिने, सुरक्षित र लोयल्टी पोइन्टस पाइनेछ।

सेलपेद्वारा विभिन्न दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पीटुपी, पीटुबी, बीटुपी, बीटुबी आदि वास्तविक समयमा गर्न सकिन्छ।

यस सेवामार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन्। सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .