कारोबार


२५ सार्वजनिक संस्थान नाफामा, १७ घाटामा (सूचीसहित)

२५ सार्वजनिक संस्थान नाफामा, १७ घाटामा (सूचीसहित)

नेपालखबर
जेठ १४, २०८० आइतबार १९:३७, काठमाडौँ

सरकारको लगानी रहेका विभिन्न सार्वजनिक संस्थानहरुको वित्तीय अवस्थामा अझै सुधार हुन सकेको छैन। आर्थिक वर्ष २०७८/०७९ मा सञ्चालनमा रहेका ४२ वटा संस्थानमध्ये २५ नाफा र १७ वटा संस्थानहरु घाटामा रहेको देखिन्छन्।

त्यसैगरी दुई संस्थाको कारोबार शून्य रहेको छ। यो वर्ष जनकपुर चुरोट कारखाना बन्द रहेको छ। साथै, विद्युत उत्पादन कम्पनी, राष्ट्रिय प्रसारण ग्रीड कम्पनीको व्यवसाय शुरुवाती अवस्थामा नै रहेका छन्।

त्यसैगरी, नोक्सानीमा रहेका नेपाल ओरिण्ड म्याग्नासाइट, बुटवल धागो कारखानाको व्यवसायीक कारोबार सुरु भएको छैन। यता रेल्वे कम्पनीले व्यवसायीक गति लिन सकेको छैन।

आर्थिक वर्ष २०७८/०७९ मा नाफामा रहेका २५ संस्थानको नाफा ३३।६५ प्रतिशतले बढेको छ। यता नोक्सानीमा रहेको १७ कम्पनीको नोक्सानी ६१०।६९ प्रतिशतले बढेको छ।

१७ संस्थान घाटामा रहने
आर्थिक वर्ष २०७९/०८० मा १७ सार्वजनिक संस्थान नोक्सानी रहने भएका उल्लेख गरिएको छ। यो आर्थिक वर्षमा नेपाल खानेपानी संस्थान ३९ करोड ३३ लाख नोक्सानीमा रहने उल्लेख छ। त्यसैगरी राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र ३४ लाख, नेपाल ओरिण्ड म्याग्नासाइट २२ करोड ९२ लाख, उदयपुर सिमेन्ट १७ करोड १५ लाख र हेटौंडा सिमेन्ट १४ करोड १६ लाख नोक्सानीमा रहने उल्लेख छ।

साथै, दुग्ध विकास संस्थान ३७ करोड, नेपाल औषधि लिमिटेड १३ करोड, बुटवल धागो कारखाना ३ करोड ४७ लाख, नेपाल मेटल ३५ लाख र धौवादी फलाम कम्पनी २८ लाख नोक्सानी रहने भएको छ।  

२५ वटा संस्थानहरु नाफामा रहने
चालु आर्थिक वर्षमा २५ वटा संस्थानहरु भने नाफामा गएका छन। आर्थिक सर्वेक्षणअनुसार सस्थानहरुको आर्थिक वर्ष २०७९/०८० मा २५ कम्पनी नाफामा रहने भएका छन्। यस वर्ष जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी ६७ लाख नाफामा रहने भएको छ।

त्यसैगरी जनकपुर चुरोट कारखाना २८ लाख, कृषि सामग्री कम्पनी ४७ करोड ४७ लाख, खाद्य व्यवस्था तथा व्यापार कम्पनीको १६ करोड ९० लाख, नेपाल आयल निगम १० अर्ब १५ करोड, नेपाल वन निगम २ करोड ४५ लाख, औद्योगिक क्षेत्र व्यवस्थापन १५ करोड ७२ लाख, नेपाल पारवहन तथा गोदाम व्यवस्थाले ५ करोड ६४ लाख, नेपाल वायुसेवा निगमले ३ अर्ब ४६ करोड, नेपाल नागरिक उड्यन प्राधिकरण १४ करोड ३८ लाख, जनक शिक्षा सामग्री ९ करोड ४८ लाख, नेपाल विद्युत प्राधिकरणले १८ अर्ब ३३ करोड ८० लाख, नेपाल टेलिकमको १५ अर्ब २९ करोड, विद्युत उत्पादन कम्पनीको ११ करोड ५१ लाख, कृषि विकास बैंकको ४ अर्ब ७३ करोड, राष्ट्रिय बीमा कम्पनीको ८७ करोड ६ लाख, राष्ट्रिय वाणिज्य बैंकको ४ अर्ब ९७ लाख, निक्षेप तथा कर्जा सुरक्षण कोषको ३ अर्ब ८५ करोड, नेपाल स्टक एक्सचेञ्जको १ अर्ब २९ लाख, नागरिक लगानी कोषको ३ अर्ब ३७ करोड, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको ९१ करोड ४४ लाख र नेपाल बैंकको नाफा यो आर्थिक वर्षमा ३ अर्ब ९९ लाख रुपैयाँ नाफा रहेन जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .