कारोबार


राप्ती समाज जापानद्वारा पर्यटन प्रवर्द्धनात्मक अभियान

राप्ती समाज जापानद्वारा पर्यटन प्रवर्द्धनात्मक अभियान

नेपालखबर
पुस २७, २०७६ आइतबार ८:४९,

राप्ती समाज जापानले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन प्रवर्द्धनात्मक अभियानको थालनी गरेको छ। बिभिन्न अध्ययन,पेशा र ब्यवसायमा जापानमा रहेका राप्तीबासीहरुले बढी भन्दा बढी जापानिजहरु नेपाल भित्र्याउने उद्देश्यका साथ जापानको मुख्य सहर टोक्यो, ब्यस्त स्टेशन शिनागावा र ओमोरीमा कार्यक्रमको आयोजना गरी भिजिट नेपालको लोगो अंकित टिसर्ट प्रर्दशन गरेका छन्।

जापानमा विश्भवरीका मान्छेहरु बिभिन्न माध्यमबाट आउने जाने गर्ने र जापानमै बस्ने अन्य देशहरुका मान्छेहरुलाई पनि बुझ्न सजिलो होस र सबैमा प्रचार गर्न सकियोस भन्ने उद्देश्यका साथ नेपाली, जापानिज र अड्ग्रेजी भाषामा भिजिट नेपाल २०२० लेखेर छापिएको टिर्सट प्रर्शनिमा ल्याइएको हो।

समाजले भर्खरै मात्र समाजका संरक्षक तथा नेपाल जापान पर्यटन क्षेत्रका अभियान्ता विशेश्वर रेग्मीको नेतृत्मावमा टोक्योमा प्रत्येक वर्ष आयोजना गरिने मन्टिकल्चरल एक्सचेन्ज कार्यक्रममा पनि नेपाल भ्रमण वर्ष २०२० को बुथ नै राखेर प्रचार प्रसार गरिएको थियो। कार्यक्रममा नेपाली मौलिक पोषाकहरु, नेपालका मनमोहक पर्यटन स्थलहरुको श्रब्य दृश्य प्रदर्शन गर्नुका साथै पर्यटन वर्ष २०२० मा नेपालको बारेमा जानकारी पनि गराइएको थियो।

पर्यटकीय स्थलको श्रव्य दृष्य सामग्री, टिर्सट र पोष्टरहरुले जापानिजहरुलाई ध्यानआकर्षण गरेको थियो भने कतिपय जापानिजहरु आफ्नो चासो र भावी यात्राको तय गर्न पदाधिकारीहरु सँग आफ्नो कौतुहलता मेटाउन ब्यस्त देखिन्थे।

बीस लाख पर्यटक नेपाल भित्राउने लक्ष्य सहित बहुप्रतिक्षित अभियान नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ नेपालमा जनवरी १ तारिख र विदेश स्थित नियोगहरुमा जनवरी ७ तारिखबाट गरिएको छ। विभिन्न देशमा छरिएका गैरआवासीय नेपालीहरु पनि आ आफ्नो ठाउँबाट स्वस्फुर्त प्रचार प्रसारमा सक्रिय हुन थालेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad