ad ad

कारोबार


सनराइज बैंकद्वारा घोडाघोडी बहुमुखी क्याम्पसमा फिल्टर हस्तान्तरण

सनराइज बैंकद्वारा घोडाघोडी बहुमुखी क्याम्पसमा फिल्टर हस्तान्तरण

नेपालखबर
जेठ ५, २०८० शुक्रबार १४:४१, काठमाडौँ

सनराइज बैंकले सुदूूरपश्चिम प्रदेशको कैलाली जिल्लामा रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा वाटर प्युुरिफायर प्रदान गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरु गर्ने क्रममा बैंकले विद्यार्थीहरुलाई स्वच्छ पानी पिउन सहज होस् भनेर एक थान वाटर प्युुरिफायर हस्तान्तरण गरेको हो।

बैंकका नायब महाप्रबन्धक रबिन कुमार नेपालले घोडाघोडी बहुमुखी क्याम्पसका अध्यक्ष विष्णुुप्रसाद सापकोटा र क्याम्पस प्रमुख लक्ष्मीप्रसाद भट्टराईलाई हस्तान्तरण गरेका थिए।

सुख्खड क्षेत्रमा शुद्घ पिउने पानीको अभाव रहेको र यस सामाजिक कार्यले त्यहाँका विद्यार्थीहरुलाई विद्यालयमा शुद्ध पिउने पानी पिउन र स्वस्थ रुपमा पठनपाठन गर्न मदत पुर्याउने क्याम्पसको अध्यक्ष विष्णुुप्रसाद सापकोटाले बताए।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण लगाएतका क्षेत्रमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गदै जाने  बताएको छ।

यसै हप्ता सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूूरपश्चिमको धनगढी उप–नगरपालिका लागि डस्टबिन, हसनपुरको ऐश्र्वर्य विद्या निकेतन विद्यालयलाई प्रोजेक्टर, धनगढी त्रिनगर विद्यालयमा साइकल स्टायान्ड, चुरे गाउँपालिका र डडेलधुरामा प्रहरी बिट उद्घाटन गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .