ad ad

कारोबार


नेपाल चेम्बर एक्स्पो सुरु

नेपाल चेम्बर एक्स्पो सुरु

नेपालखबर
जेठ ४, २०८० बिहिबार १४:४७, काठमाडौँ

‘नेपाल चेम्बर एक्स्पो २०२३’ सुरु भएको छ। नेपाल चेम्बर अफ कमर्सले जेठ ४ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा चेम्बर एक्स्पोको आयोजना गरेको हो।

५ दिनसम्म चल्ने अन्तर्राष्ट्रियस्तरको उक्त एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, लगायत अन्य मुलुकका व्यवसायीहरुको सहभागिता रहनेछ। एक्स्पोको उद्घाटन भुकुटीमण्डपस्थित प्रर्दशनी केन्द्र परिशरमा बिहीबार आज सुरु भएको हो।

अन्तर्राष्ट्रियस्तरका व्यापार मेला तथा यो प्रदर्शनीहरुले उत्पादन,  उपभोक्ताको चाहना एवं बजारीकरण तथा व्यापारिक गतिविधीहरुको प्रत्यक्ष अवलोकन गर्न सकिने नेपाल चेम्बर अफ कमर्सको भनाई छ।

चेम्बर एक्स्पोले वाह्य व्यापारिक समुदायसँग सहकार्य भई स्वदेशी उद्यमी व्यवसायीहरुमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने समेत विश्वास लिइएको छ।

चेम्बर एक्स्पोमा नेपाली हस्तकलाका उत्पादनहरु, घरेलु तथा खाद्यन्हका सामाग्रीहरु, जटिवुटी जन्य वस्तुहरु प्रर्दशनी भएको चेम्बरले जनाएको छ।

यस्तै, अटोमोबाइल, विद्युतीय सामग्री, फेसन वेयर, छालाजन्य वस्तुहरु समेत प्रर्दशनीमा छ। मेलाको करिब डेढ लाख जनाले अवलोकन गर्ने आकलन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .