ad ad

कारोबार


टेलिकमको घट्यो आम्दानी, नाफा झन्डै अढाई करोड कम

टेलिकमको घट्यो आम्दानी, नाफा झन्डै अढाई करोड कम

नेपालखबर
बैशाख ३१, २०८० आइतबार ११:३, काठमाडौँ

नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०७९/०८० को तेस्रो त्रैमास (साउनदेखि चैत) सम्म ५ अर्ब ४१ करोड रुपैयाँ नाफा गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा टेलिकमको मुनाफा २ करोड ३३ लाख रुपैयाँ घटेको हो। 

गत वर्ष सोही अवधि (९ महिना) मा नेपाल टेलिकमले ५ अर्ब ४३ करोड रुपैयाँ नाफा गरेको थियो। 

गत आवको ९ महिनामा कम्पनीको कूल सञ्चालन आय २८ अर्ब २१ करोड ९६ लाख १२ हजार रहेकामा चालु आवको सोही अवधिमा ८७ करोड २९ लाख ६४ हजार ९३.०९ प्रतिशतले घटेर २७ अर्ब ३४ करोड ६६ लाख ४७ हजार रुपैयाँमा झरेको छ।

कम्पनीको कूल आय ३२ अर्ब ५३ करोड ६७ लाख २९ हजार रहेकामा यसपालि ६७ करोड १८ लाख ३५ हजार रुपैयाँले वृद्धि भएर ३३ अर्ब २० करोड ८५ लाख ६५ हजार रुपैयाँ पुगेको छ।

कार्य सञ्चालन आयमा वृद्धि भएका कारण कम्पनीको खुद मुनाफा घटेको टेलिकमले जनाएको छ। 

डेटा सेवाको प्रयोगमा वृद्धि भएका कारण जीएसएम डेटातर्फ करिब ७७ करोड ५० लाख २६ हजार रुपैयाँले वृद्धि भएको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .