ad ad

कारोबार


औद्योगिक व्यापार महोत्सव शुरु

औद्योगिक व्यापार महोत्सव शुरु

नेपालखबर
पुस २४, २०७६ बिहिबार १५:३१,

रुपन्देहीको सैनामैनामा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७६ आजदेखि शुरु भएको छ। उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको महोत्सवमा सैनामैना नगरपालिकाका नगरप्रमुख चित्रबहादुर कार्कीले कृषि क्षेत्रको विकासले अर्थतन्त्रलाई चलायमान बनाउने बताए। उनले समग्र नगरको गुरुयोजना निर्माण गरेर कार्य अघि बढाइने जानकारी दिँदै अव्यवस्थित बसोबासको समस्यालाई सम्बोधन गरिने बताए।

सैनामैनालाई बुद्धकालीन ऐतिहासिक तथा प्राचीन शहरको रुपमा मानिँदै आएको छ। आगामी माघ ६ गतेसम्म सञ्चालन हुने मेलामा दुई लाख ५० हजार दर्शकलाई अवलोकन गराउने र पाँच करोडको आर्थिक कारोवार हुने लक्ष्य राखिएको छ । मेलामा स्थानीय कृषि उत्पादन, हस्तकला र पर्यटन प्रवद्र्धधनलाई प्राथमिकता दिइएको सङ्घका अध्यक्ष राजबहादुर क्षेत्रीेले बताए।

पर्यटन र कृषिलाई विशेष प्राथमिकता

रुपन्देहीको सैनामैना नगरपालिका–४ स्थित मुर्गियामा लाग्ने महोत्सवमा पर्यटन र कृषिलाई विशेष प्राथमिकता दिइएको छ। सैनामैनामा बौद्धकालीन सभ्यतासँग जोडिएको पुरातात्विक भग्नावशेषका रुपमा ठूलो राजा कुँवा, रानिकुँवा र बुद्धसँग सम्बन्धित भग्नावशेष सैनामैना–१ वनकट्टामा रहेको विषयलाई मेलामा पर्यटकीयस्थल कक्षमा राखिएको छ भने कृषि र हस्तकलाका कक्ष पनि मेलामा छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .