ad ad

कारोबार


भारतमा सार्वजनिक भएको एक वर्षपछि टाटाको ईभी म्याक्स नेपालमा (तस्बिरहरू)

यस्तो छ मूल्य र फिचर्स
भारतमा सार्वजनिक भएको एक वर्षपछि टाटाको ईभी म्याक्स नेपालमा (तस्बिरहरू)

मंगलबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा ईभी म्याक्स नेपालमा सार्वजनिक गरिँदै। तस्बिरहरू : सरोज बैजु/ सरोज नेपाल


वसन्त अर्याल
बैशाख २६, २०८० मंगलबार २०:५६, काठमाडौँ

टाटा नेक्सन ईभी म्याक्स नेपालमा सार्वजनिक भएको छ। टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रद्धी ट्रेडिङले भारतमा सार्वजनिक भएको १ वर्षपछि ईभी म्याक्स नेपालमा सार्वजनिक गरेको हो। 

टाटा मोटर्सका प्यासेन्जर भेहिकल प्रबन्ध निर्देशक शैलेश चन्द्र र सिप्रद्धी ट्रेडिङका कार्यकारी निर्देशक सिद्धार्थ जबरा राणाले संयुक्त रूपमा सार्वजनिक गरेका छन्। 

शैलेश चन्द्रले २०७८ मा नेपालमा पहिलो पटक विद्युतीय गाडी सार्वजनिक गरेको बताए। उनले ईभी म्याक्सको  रेञ्ज र ग्राउन्ड किल्यरेन्स नेपालको लागि उपयुक्त हुने पनि बताए।

सिप्रद्धी ट्रेडिङका प्रवन्ध निर्देशक सिद्धार्थ जबरा राणाले पहिलो पटक टाटाको प्यासेन्जर भेहिकल प्रवन्ध निर्देशक लञ्च कार्यक्रममा उपस्थिति भएको बताए। 

१९९२ बाट नेपालमा प्यासेन्जर भेहिकल बिक्री गर्न थालेको उनले स्मरण गरे। उनले विद्युतीय गाडीको ७० प्रतिशत, कमर्सियल गाडीको ६४ र ५० प्रतिशत प्यासेन्जर भेहिकलको बजार हिस्सा रहेको पनि बताए।

ईभी म्याक्सको सुरुवाती मूल्य ४६ लाख ४९ हजार रूपैयाँ रहेको छ। उनले नेपालमा विद्युतीय गाडीसँगै पूर्वधार समेत निर्माण गरेको बताए।

१९ वटा फास्ट चार्जिङ स्टेसन, सयौं एसी चार्जर र ईभी लर्निङ सेन्टर स्थापना गरेको बताए। २१ वटा एसी फास्ट चार्जर रहेका छन्। 

नेक्सन ईभी म्याक्स मोटर र ब्याट्री क्षमता वृद्धिगरी भारतमा सार्वजनिक गरिएको थियो। सरकारले १०० किलोवाट माथिका विद्युतीय गाडीमा कर बढाएसँगै ईभी म्याक्स भने ल्याउन सकेको थिएन। 

सिप्रद्धी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले टाटा प्यासेन्जर भेहिकलको मार्केट लिडर बनेको बताए। 

टाटा मोटर्सले नेपालमा ९५ प्रतिशत ग्राहकले सुरुवाती गाडीको रूपमा खरिद गर्न लागेको जनाएको छ।

यस्तो छ ईभी म्याक्सको फिचर 
ईभी म्याक्स एकपटकको चार्जमा ४५३ किलो मिटरसम्म कुद्न सक्छ।

नेपाली सडकमा कुदाउँदा कम्तीमापनि ३०० किलोमिटर सहजै गुड्न सक्ने कम्पनीले जनाएको छ।  ४०.५ किलोवाट आवरको ब्याट्री प्याक रहेको बताइएको छ।  

ईभी म्याक्स ५० किलोवाटको  डिसी फास्ट चार्जरबाट ५६ मिनेटमा फुल हुन्छ। घरमा ७.५ किलोवाटको चार्जरबाट साढे ६ घण्टामा फुल हुन्छ।

१०० किलोवाट मोटर पावर र २५० एनएम टर्क जेनेरेट गर्छ। मल्टी ड्राइभ मोडमा इको, सिटी र स्पोर्टस मोडस्मा सञ्चालन गर्न सकिन्छ। नेक्सन ईभी म्याक्स अधिकतम स्पिड प्रतिघण्टा १४० किलोमिटर रहेको छ। ९ सेकेन्डमा सून्यबाट १०० किलोमिटरको गति दिन सक्छ। 

गाडीको लम्बाई ३ हजार ९९३, चौडाई १८ सय ११ र उचाई १६ सय १६ रहेको छ। म्याक्सको ह्विलवेस २ हजार ४९८ रहेको छ। ग्राउन्ड क्लियरेन्स १९० एमएम रहेको छ। बुट स्पेस ३५० लिटर रहेको छ। 

२०७८ साउनमा सिप्रद्धी ट्रेडिङले नेक्सन ईभी नेपालमा सार्वजनिक गरेको थियो। टाटाले नेपालमा करिब २५ सय नेक्सन ईभी विक्री गरिसकेको छ। कम्पनीले नेक्सन ईभी प्राइम मोडल गत ईभी एक्स्पोमा सार्वजनिक गरिएको थियो।

मनोरम दृश्य अवलोकनकालागि ईभी म्याक्समा इलेक्ट्रिक सनरुफ रहेको छ। गाडी भित्र स्वच्छ हावा राख्नकोलागि एयर प्युरिफाइर रहेको छ। डिअल टन बडि कलरमा बनेको जिपट्रोन प्रविधिमा आधारित भएको बनेको म्यक भारतमा चर्चित सवारीमा पर्छ।

म्याक्सको ब्याट्रि र मोटरको वारेन्टी ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्म कम्पनीले वारेन्टी दिएको छ। समग्र गाडीमा ३ वर्ष वा १ लाख २५ हजार किलोमिटरसम्म वारेन्टी रहेको छ। 

सुरक्षाकोलागि गाडीमा हिलहोल्ड एसिस्ट र हिल डिसेन्ट कन्ट्रोल रहेको छ। चारवटै डिस ब्रेक, प्यानिक ब्रेक अलर्ट, एबीएससंगै ईबीडी सुविधा रहेका छन्। ईभी म्याक्समा अगाडी २ वटा एयरब्याग रहेका छन्। इलेक्ट्रोनिक्स पार्किङ ब्रेक रहेको छ।

ग्लोबल एनक्याप रेटिङमा ५ स्टार पाएको छ। नेपालमा ३ वटा कलरमा उपलब्ध रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .