सांसद विक्रम पाण्डेको निर्माण कम्पनीले एक वर्षमा साढे ३ अर्ब रुपैयाँ सञ्चालन आम्दानी गरेको छ।
गत आर्थिक वर्षमा कम्पनीले ३ अर्ब ६३ करोड रुपैयाँ आम्दानी गरेको हो।
नेपालको पुरानो निर्माण कम्पनी कालिका कन्स्ट्रसनले पछिल्ला ५ वर्षमा हरेक वर्ष ३ अर्बमाथिको सञ्चालन आम्दानी गरेको छ।
२०७७/०७८ मा आम्दानी घटेर २ अर्ब ८५ करोड रुपैयाँ भएको थियो। अघिल्ला वर्षको तुलनामा कम्पनीको सञ्चालन आम्दानी बढेपछि नाफाको प्रतिशत भने घटेको छ।
सन् १९७६ मा स्थापना भएको कम्पनी पुल, सडक, हाइड्रो पावर, सिँचाइ, खानेपानी आयोजना, भवन, ढल लगायतका आयोजनामा काम गर्दै आएको छ।
कम्पनीमा विक्रम पाण्डे र पार्वती पाण्डेको ९९.९६ प्रतिशत सेयर रहेको छ। बाँकी ४ वटा कम्पनीको नाममा रहेको छ। कालिका कन्स्ट्रक्सन क वर्गको कम्पनीमा पर्छ।
60
Shares
प्रतिक्रिया