कारोबार


स्वपुँजीमा प्रतिफल र प्रतिसेयर आम्दानीमा एनआईसी एसिया अब्बल

यस्तो छ बैंकको तेस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण
स्वपुँजीमा प्रतिफल र प्रतिसेयर आम्दानीमा एनआईसी एसिया अब्बल

नेपालखबर
बैशाख ७, २०८० बिहिबार १२:१५, काठमाडौँ

एनआईसी एसिया बैंक लिमिटेडले चालू आ.व. २०७९/८० को तेस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। 

यो अवधिमा बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन्। 

बैंकले आ.व. २०७९/८० को तेस्रो त्रैमासिकसम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम २७७.७ अर्ब पुर्‍याउन सफल भएको छ। 

साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन ३१६.५५ अर्ब पुर्‍याउन बैंक सफल भएको छ। बैंकले यस त्रैमासिक सम्ममा खुद मुनाफातर्फ रू. ४.०१ अर्ब आर्जन गर्न सफल भएकोे छ, जुन वार्षिक विन्दुगत आधारमा ११ प्रतिशतको वृद्धि हो। 

यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल २०.१७ प्रतिशत रहेको छ। साथै, यस बैंकले वार्षिक प्रतिसेयर आम्दानी ४६.७६ आर्जन गर्न बैंक सफल भएको छ। स्व–पुँजीमा प्रतिफल र प्रतिसेयर आम्दानी २१ वटै वाणिज्य बैंकहरूमध्ये अग्रणी रहेको अनुमान बैंकले गरेको छ। 

बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्क्रिय कर्जा अनुपातलाई तेस्रो त्रैमासिकसम्ममा ०.८५ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ।

बैंकले आ.व. २०७९/८० को तेस्रो त्रैमासिकसम्ममा ४.८ लाखभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३७ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ। 

त्रैमासिकसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८७ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ। साना तथा मझौला कर्जा लगानीमा मुलुकका समग्र वाणिज्य बैंकहरूभन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ।

एन आई सी एसिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरूमध्येको बैंक हो। यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad