ad ad

कारोबार


भारतमा एप्पलका मालिक : पहिलो स्टोर अनावरण गरे, ग्राहकसँग सेल्फी खिचाए

भारतमा एप्पलका मालिक : पहिलो स्टोर अनावरण गरे, ग्राहकसँग सेल्फी खिचाए

एप्पल स्टोरमा टिम कुक (Bloomberg)


नेपालखबर
बैशाख ५, २०८० मंगलबार १४:६, काठमाडौँ

चर्चित प्रविधि कम्पनी एप्पलका प्रमुख कार्यकारी टिम कुकले कम्पनीको पहिलो स्टोर भारतीय वित्तीय राजधानी मुम्बईमा अनावरण गरेका छन्। 

सार्वजनिक भिडिओमा कुकले ग्राहकलाई अभिवादन गर्दै स्टोरको ढोका खोलिरहेको र कर्मचारीले ताली बजाएको देख्न सकिन्छ। 

बीबीसीका अनुसार उनले ग्राहकलाई अभिवादन गर्दै उनीहरुसँगै सेल्फी खिचाएका थिए। 

कुकले दोस्रो स्टोर राजधानी दिल्लीमा बिहीबार उद्घाटन गर्नेछन्। 

उद्घाटन सत्रमा सहभागी हुन मानिसहरु टाढा टाढाबाट सहभागी भएका थिए। 

स्टोरको डिजाइन मुम्बईमा चल्ने कालो र पहेँलो रंगका ट्याक्सीबाट प्रेरित भई गरिएको जनाइएको छ। 

हालसम्म एप्पलका उत्पादन अनलाइन वा रिसेलर नेटवर्कमार्फत मात्र हुँदै आएको थियो। 

भारतलाई विश्वकै दोस्रो ठूलो स्मार्टफोन बजारका रुपमा लिइन्छ। भारतमा एप्पलले रिटेल बजारलाई जोड दिइरहेको छ।

भारतमा एप्पलका उत्पादन हुनुलाई शानका रुपमा लिइन्छ। अहिले पनि भारतीय बजारमा ९५ प्रतिशत स्मार्टफोनमा गुगलको एन्ड्रोइड फोनकै दबदबा छ। 

एप्पल स्टोर मुम्बई (Getty Images)

पछिल्लो समय भारत आईफोन उत्पादकका रुपमा उदाउँदै छ। एप्पलले आपूर्ति शृंखला चीनबाट विविधीकरण गर्ने क्रममा छ। सोहीअनुसार एप्पलले भारतमा पनि आईफोन उत्पादन थालिसकेको छ। 

हाल कुल आईफोन उत्पादनको ५ प्रतिशत हिस्सा भारतले ओगटेको छ। 

यसअघि सन् २०२१ मै एप्पलले भारतमा आफ्नो स्टोर खोल्ने योजना बनाएको थियो। तर कोभिड महामारीले बिथोलिएको थियो। 

कुकको भारत भ्रमण सात वर्षयताको पहिलो हो। एप्पलका सीईओले सन् २०१६ मा भारत भ्रमण गरेका थिए। 

एप्पल स्टोरमा टिम कुक (Bloomberg)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .