ad ad

कारोबार


गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकबाट नियम विपरित लिए ३८ लाख

गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकबाट नियम विपरित लिए ३८ लाख

नेपालखबर
चैत ३०, २०७९ बिहिबार १९:४२, काठमाडौँ

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नियम भन्दा बाहिर गएर ३८ लाख खर्च गरेको पाइएको छ।

महालेखा परीक्षकको कार्यालयले प्रकाशन गरेको ६० औं प्रतिवेदनले सवारी साधान खरिदमा नियम विपरित खर्च गरेको उल्लेख गरेको हो। 

महालेखाका अनुसार राष्ट्र बैंकको बोर्ड सदस्यको सुविधाको लागि नेपाल राष्ट्र बैंक ऐनमा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकको सुविधा बोर्डले निर्धारण गरे गरेको छ।

बोर्ड मै रहने गभर्नर, डेपुटी गभर्नर र सञ्चालकले आफ्नै सुविधाका लागि निर्णय गर्दा स्वार्थ बाझिने कारण सम्बन्धित पदाधिकारी उपस्थित नहुने उल्लेख छ।

बैंकको सवारीसाधन सुविधा व्यवस्थापन कार्यविधि, २०७८ अनुसार गभर्नरलाई १ करोड ४० लाख, डेपुटी गभर्नरलाई १ करोड १० लाख र कार्यकारी निर्देशकलाई ५५ लाखसम्मको सवारी सुविधा दिन सकिनेमा निर्देशिकाभन्दा फरक गरी गभर्नरले १ करोड ७८ लाख, डेपुटी गभर्नरले १ करोड ४३ लाख र कार्यकारी निर्देशकले ७१ लाख ५० हजार मूल्यको सवारीसाधन खरिद गरी प्रयोग गरेको महालेखाले बताएको छ। 

विद्युतीय सवारीसाधनमा २५ प्रतिशत र अन्य सवारी साधनमा २० प्रतिशत ह्रास कट्टा गरी हुन आउने रकम वा खरिद मूल्यको २० प्रतिशतमध्ये जुन बढि हुन्छ सो रकम भुक्तानी गरी सुविधा प्राप्त गर्ने पदाधिकारीले सेवा निवृत्त हुँदा लिन पाउने व्यवस्था रहेको छ।

यसैगरी बैंकमा वरिष्ठ कर्मचारीहरूको लागि पर्याप्त संख्यामा सवारी साधनहरूको उपलब्धताका बावजुद नेपाल राष्ट्र बैंकले यो वर्ष १ करोड २१ लाख देखि २ करोड ७८ लाखसम्मका ५ समेत २६ सवारीसाधन खरिद गरी २४ करोड ३८ लाख २५ हजार खर्च गरेको छ।

खरिद भएका सवारी साधन विशिष्ट व्यक्तिहरूले प्रयोग गर्ने उल्लेख भएकोमा विशिष्ट व्यक्तिको नाममा छुट्टै सवारी साधन खरिद गर्नु औचित्यपूर्ण नदेखिएको महालेखाले बताएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .