ad ad

कारोबार


उमेशलालले भने- करोडको चलखेल हुने देखेर दोस्रो चरणमा प्रतिस्पर्धा गरिनँ

उमेशलालले भने- करोडको चलखेल हुने देखेर दोस्रो चरणमा प्रतिस्पर्धा गरिनँ

उमेशलाल र अन्जन । तस्बिर : सरोज नेपाल


नेपालखबर
चैत ३०, २०७९ बिहिबार १७:३३, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघको सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठले अन्तिम समयमा प्रतिस्पर्धाबाट हात झिक्नुको कारण बताएका छन्। 

निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उठेका उनले दोस्रो चरणमा अन्जन श्रेष्ठलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए। 

सोसँगै अन्जन निर्विरोध निर्वाचित भएपछि श्रेष्ठले कराेडकाे चलखेल हुने देखेर आफूले दाेस्राे चरणमा प्रतिस्पर्धा नगरेकाे बताएका हुन्। 

उनले चुनाव लड्दा आफ्नाे र अञ्जनकाे १०-१२ कराेड खर्च हुने देखेको बताए। 

यस्तै उनले महासंघकाे विधान संशोधन हुनैपर्ने माग रहेकाे पनि बताएका छन्। 

आगामी अध्यक्ष चन्द्र ढकाललाई श्रेष्ठले महासंघमा देखिने गरी परिवर्तन गर्न समेत आग्रह गरे। उनले कम्तीमा महासंघका पदाधिकारी मुद्दामा एकमत भएर अघि बढ्न सुझाव दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .