सेयर बजारमा सुधारको सङ्केत देखा परिरहेको बेला दुई सामूहिक लगानी कोष योजना (म्युचुअल फण्ड) आउने भएका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार सानिमा बैङ्क र लक्ष्मी बैङ्कको प्रवर्द्धनमा ती योजना आउन लागेका हुन् । ती योजना कुल एक अर्ब ८० करोड बराबरको छ।
‘सानिमा लार्ज क्याप फण्ड’ नाम दिइएको सानिमा बैङ्कको सामूहिक लगानी कोष योजना एक अर्ब बराबरको छ । योजनामा कुल १० करोड एकाइ बिक्री गरिनेछ ।
यस्तै लक्ष्मी बैंकले प्रवद्र्धन गरेको ‘लक्ष्मी उन्नती कोष’ योजना ८० करोड बराबरको छ । योजनामा कूल आठ करोड एकाइ बिक्री गरिनेछ। ती योजना हाल बोर्डले अध्ययन गरिरहेको छ । छिट्टै बिक्रीका लागि अनुमति दिइने बोर्डले जनाएको छ। नेपाल स्टक एक्सचेञ्जमा हाल १९ वटा सामूहिक लगानी कोेषको कारोबार भइरहेको छ।
3
Shares

प्रतिक्रिया