ad ad

कारोबार


धितोपत्र बोर्डद्वारा ज्ञानेन्द्रलाल प्रधानलाई कारबाही गर्ने निर्णय

धितोपत्र बोर्डद्वारा ज्ञानेन्द्रलाल प्रधानलाई कारबाही गर्ने निर्णय

नेपालखबर
चैत २०, २०७९ सोमबार १९:१०, काठमाडौँ

नेपाल धितोपत्र बोर्डले इन्साइडर ट्रेडिङमा मुछिएका नेपाल हाइड्रो डेभलपर्सका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानलाई कारबाही गर्ने निर्णय गरेको छ।

बोर्डको आइतबार बसेको संचालक समितिको बैठकले उनलाई धितोपत्र दर्ता तथा निष्कासन नियमावली विपरित कारोबार गरेको ठहर गर्दै नगद जरिबानासहित कारबाही गर्ने निर्णय गरेको हो । 

प्रधानले आफू जिम्मेवार पदमा रहँदा नियमावलीविपरीत सेयर बिक्री गरेका हुन्। पदमा रहँदा प्रधानले धितोपत्र ऐनविपरीत नेपाल हाइड्रो डेभलपर्स लिमिटेडकै आफ्नो सेयर आफ्ना परिवारको नाममा हस्तान्तरण गरेको खुलेको हो।  

धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियमावली ३८ उपनियम ९१० को ९क० अनुसार संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले एक वर्षसम्म सम्बन्धित संगठित संस्था वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारको सदस्य वा अन्य कुनै व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरिद बिक्री गर्न गराउन वा हस्तान्तरण गर्न वा लेनदेन गर्न पाउँदैन।

बोर्डले प्रधानलाई धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०१ को उपदफा ७ अनुसार ७५ हजार रुपैयाँ नगद जरिबाना समेत गरेको छ। यस बाहेक बोर्डले उनलाई आगामी १० वर्षको लागि कुनै पब्लिक कम्पनीमा सञ्चालक बन्न नापाउने कारवाही गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .