कारोबार


नेप्सेको ओरालो यात्रा, अर्ब पनि पुगेन सेयर कारोबार रकम

नेप्सेको ओरालो यात्रा, अर्ब पनि पुगेन सेयर कारोबार रकम

नेपालखबर
चैत २०, २०७९ सोमबार १५:१०, काठमाडौँ

सेयरबजारमा सोमबार फेरि गिरावट आएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार परिसूचक १६.९१ अंकले घटेर १८७१.६३ विन्दुमा झरेको हो। 

योसँगै आज कारोबार रकमले एक अर्ब पनि छोएको छैन। पछिल्लो समय लगातार गिरावट आइरहेको बजारमा सोमबार २८ लाख कित्ता मात्र सेयर बिक्री भएको नेप्सेले जनाएको छ। 

२६० कम्पनी सामेल कारोबारमा ९१ करोड ५१ लाख रुपैयाँको मात्र कारोबार भएको हो। 

सोमबार बजारमा ३१ कम्पनीका लगानीकर्ताले कमाए पनि १७८ कम्पनीका सेयरधनीले गुमाएका छन्। त्यस्तै सातवटाको सेयर मूल्य स्थिर छ। 

आज पनि कालिञ्चोक दर्शनका सेयरधनीले १० प्रतिशत कमाएका छन्। यसबाहेक अन्य लगानीकर्ताले ३.१६ प्रतिशत मात्र कमाएका छन्। 

यता प्रभु बैंक डिबेन्चर २०८७ का लगानीकर्ताले १० प्रतिशत गुमाउँदा बाँकी लगानीकर्ताले ५.०३ प्रतिशतसम्म गुमाएका छन्। 

आज नबिल बैंकको सर्वाधिक सेयर कारोबार भएको छ। बैंकको ५८९ रुपैयाँ अन्तिम मूल्यमा ३ करोड ६२ लाख रुपैयाँको कारोबार भएको हो। 

त्यसपछि एनआईसी एसिया बैंकको पनि २ करोड ९२ लाखको सेयर कारोबार भएको छ। तेस्रो धेरै कारोबारमा ग्लोबल आईएमई बैंक छ, उसको साढे २ करोडको कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad