कारोबार


एफएनसीसीआई निर्वाचन : वरिष्ठ उपाध्यक्षमा श्रेष्ठलाई समर्थन गर्ने गण्डकी प्रदेश महासंघको निर्णय

एफएनसीसीआई निर्वाचन : वरिष्ठ उपाध्यक्षमा श्रेष्ठलाई समर्थन गर्ने गण्डकी प्रदेश महासंघको निर्णय

नेपालखबर
चैत १९, २०७९ आइतबार १०:६, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) को आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठलाई सर्वसम्मत समर्थन गर्ने महासंघ गण्डकी प्रदेशले निर्णय गरेको छ।

शनिबार पोखरामा बसेको प्रदेश समितिको बैठकले वरिष्ठ उपाध्यक्ष उमेदवार श्रेष्ठसहित प्रदेशबाट कार्यसमितिमा उमेदवारी दिने सम्पूर्ण उम्मेदवारलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्ने सर्वसम्मत निर्णय गरेको हो ।

पोखरा उद्योग वाणिज्य संघको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार श्रेष्ठलाई प्रदेशबाट सर्वसम्मत रूपमा जिताउने निर्णय भएको हो। प्रदेश महासंघका अध्यक्ष अमृत भट्टचनको अध्यक्षतमा बसेको पहिलो बैठकबाट उक्त निर्णय भएको वरिष्ठ उपाध्यक्षका प्रत्यासी श्रेष्ठले बताए।

उक्त बैठकमा गण्डकी प्रदेश समितिका सम्पूर्ण सदस्यहरु, पोखरा उद्योग वाणिज्य संघका साथै लुम्बिनी प्रदेश र बागमती प्रदेशका केही जिल्ला नगरका अध्यक्ष सहभागिता थियो।

महासंघको ५७ औँ वार्षिक साधारण सभा चैत २८ र २९ मा हुँदैछ, वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad