सेयरबजार आज पनि हरियो भएको छ।
नेप्से १२.१० अंकले बढेर १९१८.१० विन्दुमा पुगेको हो।
मंगलबार २५८ कम्पनीको ४० लाख कित्ता सेयर १ अर्ब ४४ करोड ३७ लाखमा कारोबार भएको छ।
दिनभरिमा ३५ हजारभन्दा धेरै पटक सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
यसअनुसार १४२ कम्पनीको सेयर बढेको, ६७ वटाको घटेको र सातवटाको उही मूल्यमा कारोबार भएको छ।
आज सुपरमाई हाइड्रोपावर, सृजनशील लघुवित्त र एसियन हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। उनीहरुले क्रमशः १०, ९.९९, ९.९९ प्रतिशत आम्दानी गरेका हुन्।
गुमाउने लगानीकर्ताले ३.१७ प्रतिशत नोक्सानी व्यहोर्दा आईएमई जनरल इन्स्योरेन्सको सर्वाधिक ६ करोड १५ लाखको कारोबार भएको छ।
आज बजार पुँजीकरण २३ खर्ब र तरलता ८ खर्ब रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
चैत १४, २०७९, मंगलबार
प्रतिक्रिया