नेपाली पर्यटन क्षेत्रमा हवाई क्षेत्रले गरेको योगदानको कदर गर्दै सस्तो टिकेट्स बेस्ट एअरलाइन्स अवार्डस २०२२ सम्पन्न भएको छ ।
ग्लोबल एक्रिडिएसन काउन्सिलले आयोजना गरिएको समारोहमा १६ विधामा अवार्ड्स घोषणा गरिएको हो ।
जनसाधारणले अनलाइनमार्फत गरेको भोट, नोमिनेसन बोर्डले गरेको डेटा प्रशोधन तथा निर्णायक मण्डलको निर्णयको संयोजनबाट आएको तथ्याङ्कबाट प्राप्त नतिजाका आधारमा बिजेता छनोट गरिएको थियो ।
कार्यक्रमका आयोजक ग्लोबल एक्रिडिएसन काउन्सिलकी प्रमुख कार्यकारी अधिकृत रोस्मिता बरालले यस अवार्डले नेपालको एभिएसन क्षेत्रमा नयाँ परिवर्तन ल्याउने विश्वास व्यक्त गरेकी थिइन् ।
हाल काठमाडौं भएर विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएका २९ वायुसेवा प्रदायक तथा आन्तरिक तर्फका ९ वायुसेवाले यस अवार्डमा प्रतिस्पर्धा गरेका थिए ।
१६ विधामा मा निम्नअनुसार विजेता घोषणा गरिएको थियो ।
- बेस्ट एअरलाइन्स अफ द इअर – इन्टरनेसनल । कतार एअरवेज

प्रतिक्रिया