कारोबार


आईएमई लाइफ इन्स्योरेन्सको बीमाकोष ५ अर्ब ४७ करोड पुग्यो

आईएमई लाइफ इन्स्योरेन्सको बीमाकोष ५ अर्ब ४७ करोड पुग्यो

नेपालखबर
चैत ६, २०७९ सोमबार १८:२०, काठमाडौँ

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको छैटौं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ।  

कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा काठमाडौंको लैनचौर ब्यांक्वेटमा साधारणसभा गरिएको हो। 

सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गरेको छ। 

लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण र तत्सम्बन्धी अनुसूची तथा एनएफआरएस प्रणाली लागू गरी तयार गरिएको वित्तीय विवरणमाथि छलफल गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरवदलको निर्देशन प्राप्त भए सोहीअनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने, सर्वसाधारणलाई छुट्टाईएको सेयर जारी गर्ने कार्यको सम्बन्धमा नियमनकारी निकायहरुबाट प्राप्त निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको सञ्चालक समितिमा स्वतन्त्र सञ्चालक नियुक्ति सम्बन्धी प्रस्तावहरु उपर छलफल गरी सो प्रस्तावहरु सर्वसम्मतिबाट पारित भएको छ।

सभामा बोल्दै सभाका सभापति डा. अर्यालले आ.व. २०७९/०८० को पुस मसान्तसम्मको अपरिष्कृत विवरणअनुसार बीमाकोष २२.३१ प्रतिशतले वृद्धि भई ५ अर्ब ४७ करोड ९४ लाख पुगेको जानकारी दिए। उक्त अवसरमा डा. अर्यालले कम्पनीका अगाडि भएका चुनौतिहरुका बारेमा पनि बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .