लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/०७९ पुस मसान्तसम्म १५ अर्ब ६७ करोड रुपैयाँ कर्जा नोक्सानी (प्रोभिजन) छुट्याएका छन् ।
गत वर्ष यसै अवधिमा लघुवित्त संस्थाहरुले ११ अर्ब ५९ करोड रुपैयाँ प्रोभिजन छुट्याएका थिए । जुन गत वर्षको तुलनामा ३९ प्रतिशत धेरै हो ।
पुस मसान्तसम्म लघुवित्तले सक्रिय कर्जा नोक्सानीबापत ६ अर्ब ५१ करोड र निष्क्रिय कर्जा नोक्सनी वापत ९ अर्ब १५ करोड रुपैयाँ प्रोभिजन गरेका छन् ।
गत वर्ष यसै अवधिमा लघुवित्त संस्थाहरुले सक्रिय कर्जा नोक्सानी वापत ६ अर्ब १० करोड र निष्क्रिय कर्जा नोक्सनी वापत ५ अर्ब ५७ करोड प्रोभिजन गरेका थिए ।
गत वर्षको तुलनामा चालु आवको पुसमा लघुवित्तहरुको निष्क्रिय कर्जा उच्च बढेको छ । जसले गर्दा लघुवित्तको प्रोभिजन बढेको हो ।
24
Shares
प्रतिक्रिया