भुक्तानी प्रणाली सञ्चालक स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र माछापुच्छ्रे बैंकबीच रेमिट्याप वालेटमा स्मार्ट क्यूआरमार्फत भुक्क्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको छ।
सम्झौतापत्रमा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र माछापुच्छे« बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापाले हस्ताक्षर गरेका हुन्।
विगत २० वर्षदेखि कार्डलगायत भुक्क्तानीका विभिन्न सेवा दिँदै आएको स्मार्टच्वाइस टेक्नोलोजिज र नेपाली वालेट प्रयोगकर्तामाझ लोकप्रिय रेमिट्याप वालेटबीच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ।
सम्झौतापछि रेमिट्याप प्रयोगकर्ताले रेमिट्यापमार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्क्तानी गर्न सक्नेछन्। ईएमभी स्ट्यान्डर्डमा जारी गरी फाइनेन्सीयल स्विचमार्फत कारोबारको भुक्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ।

प्रतिक्रिया