ad ad

कारोबार


ग्लोबल टुरिजमले होली तथा ला टोमाटिनो फेस्टिबलको आयोजना गर्ने

ग्लोबल टुरिजमले होली तथा ला टोमाटिनो फेस्टिबलको आयोजना गर्ने

नेपालखबर
फागुन २१, २०७९ आइतबार १४:५, काठमाडौँ

पर्यटन प्रवर्द्धन र पर्यटन प्रति यूवा पुस्ताको आकर्षणका लागि ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलले होली तथा स्पेनमा मनाइने ला टोमाटिनो फेस्टिबलको आयोजना गर्ने भएको छ ।

कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा काउन्सिलका अध्यक्ष धर्मेन्द्र सापकोटाले नेपाली संस्कृतिसँगै विदेशी संस्कृतिको आदानप्रदानका लागि यस्ता फेस्टिबलले सहयोग पुग्ने बताए । 

विदेशी संस्कृतिलाई भित्र्याएको आरोपको खण्डन गर्दै अध्यक्ष सापकोटाले हाम्रो संस्कृति विदेशीलाई चिनाउन र उताको संस्कृति सिक्ने मौका भएको बताए ।

यस्ता कार्यक्रमले दुई देशको भाइचारा पनि बढने सापकोटाको भनाइ छ ।

काउन्सिलले यसका अलावा पर्यटन क्षेत्रका स्टेक होल्डरलाई समेटेर होटल तथा पर्यटन अवार्ड आयोजना गर्ने तयारी गरेको छ ।

उनले पर्यटन बोर्डले आफ्ना केही बाध्यताले यस्ता कार्यक्रम आयोजना गर्न नसकेको अवस्थामा निजी स्तरबाट आयोजना हुने यस्ता कार्यक्रमले पर्यटकको बसाइ लम्बिने दाबी गरे । 

काउन्सिलले नेपालमा मात्र नभएर विदेशमा पनि यस्ता कार्यक्रमको आयोजना गर्ने तयारी रहेको जानकारी अध्यक्ष सापकोटाले दिए ।

काउन्सिलले फेस्टिबलका लागि आवश्यक पर्ने गोलभेँडा पनि सिधै किसानबाट खरिद गर्ने जनाएको छ । फेस्टिबलमा प्रतियोगितात्मक रुपमा महिलाहरुको कबड्डीको पनि आयोजना गर्न लागेको छ। 

कार्यक्रम फागुन २२ गते होलीका दिन नेपाल स्काउट लैनचौरमा दिनको १२ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .