कारोबार


होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा ५ जना आकांक्षी, सर्वसम्मतको प्रयास

होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा ५ जना आकांक्षी, सर्वसम्मतको प्रयास

नेपालखबर
फागुन १६, २०७९ मंगलबार १४:११, काठमाडौँ

होटल तथा पर्यटन व्यवसायी संघ, बागमती प्रदेशको नयाँ नेतृत्व चयन हुने भएको छ।

बुधबार प्रदेशको दामन, चित्लाङमा बस्ने संघको दोस्रो साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने भएको हो। 

संघको भावी नेतृत्व सर्वसम्मतिमा नै चयन गर्ने तयारी रहे पनि हालसम्म दुई जनाले अध्यक्षमा आकांक्षा देखाएका छन्।

संघको वर्तमान कार्यसमिति महासचिव दामोदर नेपाल र सचिव श्यामकुमार (भालु) श्रेष्ठले अध्यक्षमा लड्ने घोषणा गरेका हुन्। 

यद्यपि, वर्तमान कार्यसमितिकै वरिष्ठ उपाध्यक्ष दिपेश सुवेदी, उपाध्यक्षद्वय निर्पु सर्राफ र देवराज नेपालले समेत अध्यक्षमा चासो देखाएका छन्। अन्य पदाधिकारी र सदस्यहरुमा भने अहिलेसम्म कसैको पनि उमेदवारी दाबी घोषणा भएको छैन।

प्रारम्भिक रुपमा अध्यक्षमा पाँच जनाले आकांक्षा देखाए पनि संघको नेतृत्व सर्वसम्मतिबाटै खोजिने अध्यक्ष सन्तोष उप्रेतीले जानकारी दिए।

‘संघको वर्तमान कार्यसमिति वरिष्ठ उपाध्यक्ष, पहिलो र दोस्रो उपाध्यक्षसँगै महासचिव र सचिवले समेत अध्यक्षमा आकांक्षा देखाउनुभएको छ। तर निर्वाचन हुँदैन, हामी अधिकतम गृहकार्य गरेर सर्वसम्मतिमा नै नेतृत्व चयन गर्छौँ’, उप्रेतीले भने। 

उसो त वर्तमान कार्यसमिति सर्वसम्मतिमा नै चयन भएकाले भावी नेतृत्व पनि सर्वसम्मतमा नै चयन गर्ने गरी सहमति जुटाइने उप्रेतीले बताए। 

३ वर्षे कार्यावधि हुने संघको नेतृत्वमा २३ जना सदस्य रहनेछन्। २० जना प्रत्यक्ष चयन भएर बाँकी ३ जना सदस्य भने निर्वाचित कार्यसमितिले मनोनीत गर्ने संघको विधानमा व्यवस्था छ। 

संघको वर्तमान अध्यक्ष उप्रेती आफ्नो ३ वर्षे कार्यकाल सकेर विदा हुँदै छन्। उसो त उप्रेती यसअघि नै होटल तथा पर्यटन व्यवसायी महासंघको पर्यटनतर्फको उपाध्यक्षमा चयन भइसकेका छन्।

कोभिड–१९ का कारण झण्डै साढे ३ वर्ष संघको नेतृत्व हाकेका उप्रेतीले आफ्नो कार्यकालमा संघमा आबद्ध व्यवसायीहरुलाई व्यावसायिक सहजीकरणका लागि राज्यसँग सहुलियतपूर्ण कर्जाको प्रबन्ध गर्नेदेखि व्यावसायिक भाडा छुट तथा राहतको व्यवस्था गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad