कारोबार


आम्दानी खुम्चिएपछि नयाँ बजेटको आकार पनि घटाइँदै

आयोगले दियो १६ खर्ब ८८ अर्ब रुपैयाँको सिलिङ
आम्दानी खुम्चिएपछि नयाँ बजेटको आकार पनि घटाइँदै

फाइल तस्बिर


नेपालखबर
फागुन १४, २०७९ आइतबार १३:३९, काठमाडौँ

जनार्दन शर्माले ल्याएको चालु आर्थिक वर्षको बजेटको आकारभन्दा आगामाी आर्थिक वर्षको बजेट साने हुने भएको छ। 

शर्माले ल्याएको बजेटभन्दा १ खर्ब हाराहरी कम गरेर आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी भइरहेको छ।

राष्ट्रिय योजना आयोगले आगामाी आर्थिक वर्षका लागि दिएको सिलिङमा चालु आर्थिक वर्षको बजेट भन्दा खर्चको आकार घटाइएको छ। 

योजना आयोगले आगामाी वर्ष १६ खर्ब ८८ अर्ब रुपैयाँको बजेट सिलिङ दिएको छ। त्यो भनेको गत आर्थिक वर्षको भन्दा १ खर्ब ५ अर्ब रुपैयाँ कम हो। 

चालु आर्थिक वर्षमा वर्षमा सरकारको आम्दानी कमजोर छ। जसकारणले आयोगको स्रोत अनुमान समितिले बजेटको आकार घटाउन भनेको छ।

यो सिलिङको १५ प्रतिशत तलमाथि गर्न सक्ने गरि अर्थमन्त्रालयले बजेटको आकार सार्वजनिक गर्न सक्ने छ। 

तर यसअघि योजना आयोजले नै गरेको मध्यकालीन खर्च संरचनाअनुसार हेर्ने हो आगामाी आर्थिक वर्षको बजेट बढाउनुपर्ने थियो।

आयोगले गरेको त्रिवर्षीय बजेट विनियोजन तथा प्रक्षेपणअनुसार आगामी आर्थिक वर्षको बजेटको कुल आकार १९ खर्ब ९७ अर्ब ८० करोड रुपैयाँबराबरको हुनुपर्ने थियो। तर अघिले सिलिङ घटाएर पठाइएको छ।  

यसअघिको मध्यकालीन खर्च संरचनाअनुसार चालु खर्चको ७ खर्ब ३ अर्ब, पुँजीगत खर्चको लागि ४ खर्ब ६० अर्ब, वित्तीय व्यवस्थाको लागि २ खर्ब ६६ अर्ब र प्रदेश र स्थानीय तहलाई वित्तीय हस्तान्तरणको लागि ५ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन हुनुपर्नेछ। 

यी खर्च जुटाउन सोहीअनुसारको आम्दानीको स्रोतको पनि प्रक्षेपण गरिएको थियो। यसअनुसार आगामी आर्थिक वर्षमा सरकारको राजस्व आम्दानी १३ खर्ब ६६ लाख हुनुपर्ने प्रक्षेपण मध्यकालीन खर्च संरचनाले गरेको छ। 

त्यस्तै वैदेशिक अनुदान ५० अर्ब, वैदेशिक ऋण ३ खर्ब १७ अर्ब र आन्तरिक ऋण २ खर्ब ६३ अर्ब रुपैयाँ कायम हुने बताइएको थियो। 

तर अहिले आयोगले आगामी आर्थिक वर्ष सरकारले १४ खर्ब ३ अर्ब राजस्व संकलन हुनसक्ने जनाएको छ। 

गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको आम्दानी मूल्यांकन सोचेअनुसार नभएकाले बजेट घटाउने गरी आयोगले आगामी आर्थिक वर्षको सिलिङ तयार गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad