ad ad

कारोबार


फाइभजी क्लाउड गेम विकासका लागि हुवावे र नेटएसबीच सहमति

फाइभजी क्लाउड गेम विकासका लागि हुवावे र नेटएसबीच सहमति

नेपालखबर
असार ११, २०७६ बुधबार १२:३३,

चीनको सांघाईमा मोबाइल विश्व सम्मेलन हुनुअघि हुवावे र नेटएसले संयुक्त रुपमा फाइभजी क्लाउनड गेमका लागि आविष्कार प्रयोगशाला स्थापना गर्ने सहमति गरेका छन्। ‘गेमिङ’ इन्डष्ट्रीमा नयाँ कुराहरु आविष्कार गर्न, नयाँ अनुभव हासिल गर्न र क्लाउड गेमिङ क्षेत्रको विकासका लागि यस्तो सहमति गरेको बताइएको छ।

प्रविधि क्षेत्रमा गेमिङ मार्केट विश्वमा नै उदाइरहेको छ। सीडी रोम हुँदै गेम कार्ड किन्नेसम्म र पछिल्लो समय फोरजी मोबाइल गेमहरु विश्वमा रुचाइन थालेको अवस्थामा दुई कम्पनीले फाइभजी क्लाउड गेममा मिलेर काम गर्न लागेका हुन्। फाइभजी क्लाउड गेम ल्याब हुवावेको प्रयोगकर्तामैत्री प्रयासको एक भाग रहेको कम्पनीले जनाएको छ। यसबारे दुवै कम्पनीले संयुक्त रिसर्च गर्नेछन्।

सो क्रममा फाइभजीमा आधारित गेमको मोडल, माग आदिबारे अनुसन्धान हुने बताइएको छ। थन्डर फायर अफ नेट एसका अध्यक्ष हु झिपेंगले डिभाइसहरुको सीमितता भत्काउने क्रममा क्लाउड गेमले गेम निर्मातालाई सुनौलो झ्याल खुल्ला गर्ने बताए। संयुक्त ल्याब हुवावेको एक्स ल्याबसँग जोडिनेछ र फाइभजी युगको गेमहरुको विकास गरिने उनको भनाइ छ।

त्यस्तै हुवावेको वायरलेस नेटवर्कका प्रमुख बजार अधिकृत पेंग होंघुवाले फोरजीले मोबाइल गेममा कायापलट गरेको बताउँदै फाइभजीले क्लाउड गेमलाई स्थापित गर्ने बताए। दुवै कम्पनीको प्रयासमा तयार भएको ट्रेचरस वाटर्स अनलाइन गेम चाँडै हुवावेका क्लाउड कम्प्युटरमा सार्वजनिक हुँदै छ। शांघाइमा यही जुन २६ देखि २८ तारिखसम्म मोबाइल वर्ल्ड कंग्रेस आयोजना हुँदै छ।

हुवावेले उक्त कंग्रेसमा ई१०, ई७० हल एन१ र शांघाई न्यु इन्टरनेशनल एक्सपो सेन्टरको हल एन५मा आईसीए०१ मा इन्नोभेसन सिटी जोनमा प्रदर्शनी क्षेत्र लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .