नेपाल सरकारबाट आकस्मिक विदा घोषणा भएको दिन बैंकिङ सेवा सुचारु रहने
नेपाल सरकारबाट आकस्मिक विदा घोषणा भएको दिन बैंकिङ सेवा सुचारु रहने भएको हो।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि जारी गरिएको एकीकृत निर्देशन, २०७९ संशोधन गरी सो व्यवस्था गरेको हो।
निर्देशनमा भनिएको छ, ‘राष्ट्र बैंकबाट जारी भएको बैंक विदाको सूचीका अतिरिक्त नेपाल सरकारबाट आकस्मिक बिदा घोषणा भएको दिन नगद कारोबार, चेक क्लियरिंग लगायत अत्यावश्यक बैंकिंग सेवा प्रदान गर्न बिहान १०ः०० देखि दिउँसो १ः३० बजेसम्म बैंक तथा वित्तीय संस्थाले आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउनुपर्नेछ।’
राजस्व बढाउन पछिल्लो समय सरकारले विभिन्न सुविधा कटैती गर्ने, करारका कर्मचारी घटाउने कार्य सुरु गरेको छ।
84
Shares
प्रतिक्रिया