आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।
लघुवित्तले वैदेशिक रोजगारीमा रहेको नेपालीलाई जारी गरेको आईपीओ बाँडफाँट गरेको हो ।
लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि माघ १६ गतेदेखि फागुन २ गतेसम्म निष्काशन तथा बिक्री गरेको थियो ।
लघुवित्तले आफ्नो जारी पुँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता सेयरमध्ये २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको थियो।
लघुवित्तले रीतपूर्वक आवेदन दिएका २ हजार ३३ जनालाई १० कित्ताका दरले सेयर बाँडफाँट गरेको हो।
सोमध्ये भाग्यमानी ८ जनालाई थप एक कित्ता अर्थात् कुल ११ कित्ताका दरले सेयर बाँडफाँट गरिएको बिक्री प्रबन्धकले जनाएको छ।
Shares

प्रतिक्रिया